काठमाडौं । एसियाली ऋण महासङ्घले विकास गरेको A-one Competitive Choice for Excellence in Services and Soundness : ACCESS (एक्सेस) कार्यक्रम, राष्ट्रिय स्तरको ब्राण्डिङ कार्यक्रमको रूपमा नेफ्स्कूनेले विकास गरेको Program for Building Absolute and Professionalization : PROBATION (प्रोबेशन) कार्यक्रम, सदस्य सुपरिवेक्षणको लागि विकास गरेको Credit Union Risk Based Supervision : CURBS (कब्र्स) कार्यक्रम, SACCOS Rapid Risk Analysis Workshop : SARAW (सार) कार्यक्रमको विकास गरी सहजिकरण गरिरहेको अवस्थामा वित्तीय सहकारी संघ संस्थाहरुलाई सहकारी सिद्धान्त, मूल्य, मान्यता र वित्तीय मापदण्डहरूको परिपालना गरी गराई दिगो तथा सुरक्षित बचत तथा ऋण सहकारीहरू मार्फत सदस्यको बचत र सामुहिक हितको सुरक्षा गर्न नियमित सुपरिवेक्षणका माध्यमबाट जोखिम मापन, विश्लेषण र पृष्ठपोषण गरी गुणस्तरीय सेवा प्रवाह मार्फत साकोसका सदस्यहरूको वित्तीय आवश्यकता पुरा गर्न सक्षम संस्था विकास गर्न, गुणस्तर सुनिश्चितता र जोखिम सुपरिवेक्षणका कार्यक्रमहरू विकास एवं सञ्चालन गर्ने केन्द्रीय संघको मुख्य दायित्व भएकोले सहकारी ऐन २०७४ को दफा २५ (ङ) र दफा ९९ ले तोकेको जिम्मेवारी पुरा गर्न एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) को विनियम २०५० (संशोधन समेत) परिच्छेद २ दफा ५ को उपदफा १० र १२ ले दिएको अधिकार र कर्तव्य बमोजिम आफ्ना सदस्यहरूको काम कारवाहीको तोकिए बमोजिम निरीक्षण तथा अनुगमन गरी सोको प्रतिवेदन नियामकिय निकायमा पेश गर्नुपर्ने व्यवस्था कार्यान्वयन लागि सम्पूर्ण कार्यक्रमहरुलाई थप परिष्कृत गरी यस आर्थिक बर्षदेखि एकिकृत स्वरुपमा नियमित निरिक्षण अनुगमन कार्यक्रम (Supervisory Checks and Analysis for Navigation-SCAN) विकास गरी सञ्चालनमा ल्याएको छ ।
सदस्यहरूको नियमित निरीक्षण तथा अनुगमनका कार्यक्रमहरू:
१. A-one Competitive Choice for Excellence in Services and Soundness : ACCESS
२. Program for Building Absolute and Professionalization : PROBATION
३. Credit Union Risk Management-360 (CURIMA-360) Workshop
४. SUPport-Enhance-Ensure-Regularize-SUPER कार्यक्रम
५. अनुकूलन कार्यक्रम
स्क्यान कार्यक्रम अन्र्तगत सहजिकरण गरिने विषयहरु:
१. स्थलगत सुपरिवेक्षण: कार्यक्रममा सहभागि भएका साकोसहरुलाई साकोसको वासालतको आकार, कार्यालय संरचना र जोखिम अवस्था आधारमा बार्षिक रुपमा कम्तिमा २ पटक र एक पटकमा अधिकतम २ दिनसम्मको स्थलगत सुपरिवेक्षण गरी स्क्यान कार्यक्रम अन्र्तगत सम्झौता भएको कार्यक्रमले विकास गरेका सुचकहरुमा संस्थाको वित्तीय तथा सुशासनका क्षेत्रहरुमा सुधारात्मक विषयहरुको साथै सुधारको लागि कार्ययोजना सहित साकोसको नेतृत्व र व्यवस्थापनलाई जिम्मेवारीवोध गराउने ।
२. गैरस्थलगत सुपरिवेक्षण: संस्थाको वित्तीय तथा सुशासनको अवस्थाबारे आवधिक रुपमा नेफ्स्कून सदस्य सुचना प्रणाली (Member Information System- MIS) मार्फत सदस्य संघसंस्थाहरुको विवरण प्राप्त गरी आवश्यक पृष्ठपोषण प्रदान गर्ने । वित्तीय प्रतिवेदनको तयारी, नियामकिय प्रतिवेदन तयारीमा सहजिकरण, आन्तरिक योजना तथा कार्यविधि तर्जुमाको लागि आवश्यक सहजिकरण, विषयगत विधामा नेतृत्व र व्यवस्थापनलाई अभौतिक रुपमा तालिम शिक्षा उपलब्ध गर्ने ।
३. साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला (Credit Union Risk Management 360 Workshop-CURIMA 360):
• स्क्यान कार्यक्रमबाट पहिचान भएका जोखिम व्यवस्थापन गर्न आवश्यकताको आधारमा सामुहिक छलफलका लागि कार्यशाला आयोजना हुने,
• क्यूरीमा कार्यशाला सङ्घले तोकेको युनिट स्तरमा हुने छ । युनिटहरू भौगोलिक बनाबट, सहभागि साकोसको सङ्ख्या, सहकारीको व्यवसायिक आकार समेतलाई आधारमानी तय हुने,
• सङ्घले सञ्चालन गरेको एक्सेस, प्रोवेशन र कब्र्स कार्यक्रम अन्तरगत सञ्चालनमा रहेको PALM कार्यशालालाई CURIMA-360 को ढाँचामा रूपान्तरण गरी सञ्चालन गरिएको,
• उटा CURIMA-360 कार्यशालामा सामान्यतया ५० वटा संस्थाको सहभागिता,
• CURIMA-360 कार्यशालामा संलग्न हुने संस्थाहरूको विद्यमान जोखिम, बचत तथा ऋण सहकारी संस्थाको समसामयिक व्यवस्थापकीय सवालहरू, नविनतम प्रविधि लगायतका विषयहरूमा स्रोत व्यक्तिहरू मार्फत सहजीकरण गरिने ।
स्क्यान कार्यक्रमका सुचकहरु:
स्क्यान कार्यक्रममा उल्लेखित क्षेत्रहरुमा गरी २५ वटा सुचकहरु विकास गरिएको छ । प्रत्येक सुचकलाई जोखिम स्तरको आधारमा ४ स्केलमा वर्गिकरण गरिएको छ ।
१. सामान्य जोखिम (Non Significant)
२. जोखिम उन्मुख (Significant)
३. शंकास्पद (Suspicious)
४. घातक (Malignant)
यसप्रकार २५ वटा सुचकमार्फत सदस्य संघ संस्थाहरुको समग्र जोखिम अवस्था पहिचान गरी जोखिम न्यूनिकरणका रणनीतिहरु विकास गरिएको छ ।
| जोखिमका क्षेत्रहरु | सूचकहरुको संख्या |
भार |
| कानुनी जोखिम | ६ | २० |
| वित्तीय जोखिम | ८ | ४० |
| ऋण जोखिम | ३ | १५ |
| तरलता जोखिम | १ | १० |
| सञ्चालन तथा सुशासन जोखिम | ५ | १० |
| बजार जोखिम | २ | ५ |
| कुल जम्मा | २५ | १०० |
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
१३ दिन अगाडि
९ दिन अगाडि
८ दिन अगाडि
१६ दिन अगाडि
१४ दिन अगाडि
१३ दिन अगाडि
३ दिन अगाडि