लघु उद्यम खेल तालिम लुम्बिनी प्रदेशमा सुरु, सहकारी महिलाहरूको सहभागिता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लघु उद्यम खेल तालिम लुम्बिनी प्रदेशमा सुरु, सहकारी महिलाहरूको सहभागिता

लुम्बिनी प्रदेश । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को प्राविधिक सहयोग तथा डिएसआइके जर्मनीको सहयोगमा तीनदिने “लघु उद्यम खेल तालिम (Micro Business Game Training) असोज २९ बुधबार देखि सुरु भएको छ ।

महिला उद्यमशीलता र वित्तीय साक्षरताको सशक्तीकरणका लागि आयोजना गरिएको यस तालिमले सहभागीहरूलाई व्यवसायिक निर्णय क्षमता, उद्यम सञ्चालनका रणनीति र वित्तीय व्यवस्थापनमा व्यवहारिक अनुभव प्रदान गर्ने उद्देश्य लिएको छ ।

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालले व्यानरमा हस्ताक्षर गरी औपचारिक रूपमा गर्नुभएको थियो भने उद्घाटन सत्रमा संघका महासचिव बसन्त प्रसाद ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

तीन दिनसम्म चल्ने यस तालिममा सहभागीहरूले ‘लघु उद्यम खेल (Micro Business Game) नामक अभ्यास मूलक सत्र मार्फत सानो व्यवसाय सञ्चालनका वित्तीय निर्णयहरू, लगानी व्यवस्थापन, नाफा–नोक्सान विश्लेषण, बजार रणनीति, ग्राहक व्यवहार, प्रतिस्पर्धा व्यवस्थापन लगायतका विषयहरूमा समूहगत अभ्यास गर्दै व्यावहारिक सीप विकास गर्नेछन् ।
यो तालिम विश्वका विभिन्न देशहरूमा प्रयोग हुने अन्तरक्रियात्मक सिकाइ पद्धति मा आधारित छ, जसले सहभागीहरूलाई आफ्नो निर्णयको प्रत्यक्ष परिणाम बुझ्न र भविष्यका उद्यमि निर्णयमा सुधार गर्न प्रेरित गर्छ । यस्तै, लुम्बिनी प्रदेश संघका अध्यक्ष कृष्ण नेपालले उद्घाटन समारोहमा “सहकारी आन्दोलनमा संलग्न महिलाहरूलाई व्यवहारिक उद्यम सीप प्रदान गर्नु नै सशक्त सहकारी अर्थतन्त्रको जग हो । यो तालिम त्यस दिशामा उठाइएको महत्वपूर्ण कदम भएको जानकारी गराउनु भयो । 

कार्यक्रम असोज ३१ गते सम्पन्न हुनेछ, तालिममा पाँच वटा सहकारी संस्थाः सरोकार महिला साकोस, नमुना महिला साकोस, मालिका साकोस, लुम्बिनी साकोस र सबैको साकोसबाट कुल २५ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ ।तालिमको सहजीकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ अधिकृत कोमल राज अधिकारी र प्रशासन अधिकृत राम प्रसाद सापकोटाले गर्दै हुनुहुन्छ । तालिमको सम्पूर्ण व्यवस्थापन लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघको व्यवस्थापक तारा अर्यालले गर्नुभएको हो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप