धनुषाका दुई साकोस ‘स्क्यान’ कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धनुषाका दुई साकोस ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारीहरुका लागि ल्याएको नियमित निरिक्षण अनुगमन (स्क्यान) कार्यक्रम धनुषामा एकै दिन दुई साकोस सारा साकोस जनकपुरधाम उपमहानगरपालिका ०९ धनुषा र मा लक्ष्मि साकोस (स्क्यान) कार्यक्रममा आबद्व भएको छन् । 
  
संघको ३८औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) ले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।

सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा कार्यक्रमको शुरुवात गरिएको थियो । आबद्ध संघ संस्थाहरुको नियमित रुपमा निरिक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगतका वर्षहरुमा सञ्चालित, एक्सेस,प्रोबेसन तथा कब्र्स कार्यक्रमको सिकाइका आधारमा विकास गरिएको कार्यक्रम स्क्यानले आबद्ध सबै संस्थालाई अनुगमन सुपरिवेक्षण गर्दा प्रभाबकारी  भएकाले आबद्व हुने संस्थाहरू क्रमश बढिरहेका छन्  ।  धनुषाबाट दुईवटा संस्थाहरू आबद्व भएका छन । जस्मा सारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राधा प्रसाद यादव र मो.कशिम स.व्यवस्थापक तथा मां लक्ष्मी साकोस नगराईन ४ फुलगामाका अध्यक्ष मनोज कुमार ठाकुर र व्यवस्थापक उषा सिंह, नेफ्स्कूनको तर्फबाट रामकृष्ण भट्टराई, सदस्य सेवा कार्यालय ईन्चार्ज राजेन्द्र ढकाल सहजकर्ता रम्भु पंडित र श्याम बुढाथोकीको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप