सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भेरीगंगा–११, रामघाट, सुर्खेतको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।
शिखर साकोसको विनियम, आन्तरिक कार्यविधि,कर्जा, बचत, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धिकरण निवारण नीति पालना , नियामक निकायको निर्देशन कार्यान्वयन, भाखा नाघेका ऋण असुली, पूँजी प्रयाप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले प्रदान गरिरहेको सेवा–सुविधाको मूल्यांकन गरिएको थियो ।
सहकारी संस्थाहरूको पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन र दिगोपनामा अभिवृद्धि गर्नका लागि नेफ्स्कूनले देशभरका सहकारी संस्थाहरूमा प्रभावकारीरूपमा स्थलगत अनुगमन कार्यक्रम अगाडि बढाइरहेको छ । स्क्यान कार्यक्रम अन्तर्गत एक्सेस कार्यक्रममा आबद्ध शिखर साकोसमा कानुनी, वित्तीय, ऋण, तरलता तथा सञ्चालनरसुशासन सम्बन्धी जोखिमहरूमा केन्द्रित रही जोखिम न्यूनीकरणका लागि विभिन्न सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो ।
नेफ्स्कून कार्यक्रम अधिकृत प्रबिण अधिकारी र मदन कुमार चन्दले स्थलगत सुपरिवेक्षण गर्नुभएको थियो । शिखर साकोसका कोषाध्यक्ष सुरेन्द्र सिंह ठकुरी, व्यवस्थापक बसन्ता कुमारी रावत, संचालक समिति सदस्यहरू र व्यवस्थापनका अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । सुपरिवेक्षण पश्चात सहकारी संस्थाको कार्यप्रणाली सुदृढ बनाउन आवश्यक सुधारका विषयमा सुझावहरू प्रस्तुत गरिए र ती सुझावहरू कार्यान्वयन गर्ने सहमति सहित निर्णय भएको छ ।
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१० दिन अगाडि
२५ दिन अगाडि
२३ दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि
२७ दिन अगाडि