प्रोवेसन कार्यक्रम अन्तर्गत सहारा महिला साकोसको स्थलगत सुपरिवेक्षण....
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोवेसन कार्यक्रम अन्तर्गत सहारा महिला साकोसको स्थलगत सुपरिवेक्षण....

धादिङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लिमिटेड (नेफ्स्कून) द्वारा सहारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङ निलकण्ठ ३ को स्थलगत सुपरिवेक्षण असोज २८ गते  सम्पन्न भएको छ ।

संस्थाको वित्तिय अवस्था, नीतिगत अवस्था तथा कार्यान्वयन, नियमकीय व्यवस्थाको परिपालना र सुशासन व्यवस्थापनका आधारभूत पक्षहरुको स्थलगत सुपरिवेक्षण सम्पन्न गरिएको हो । 

संस्थाको व्यवस्थापक सन्तोष थापाले प्रोवेसन कार्यक्रमबाट संस्थाको आन्तरिक सुदृढीकरणमा सहयोग पुगेको तथा निरन्तर सुपरिवेक्षण र मार्गदर्शनको अपेक्षा गरेको बताउनु भयो । संस्थाको अध्यक्ष पार्वती खाँड राइले नेफ्स्कुनको नियमित सुपरिवेक्षणबाट संस्था सुधारमा मार्गदर्शन प्राप्त गरेको तथा संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक र व्यवस्थापन टीम लागि परेको बताउनु भयो ।

नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभाबकारी रुपमा अघि बढाइएको हो  । संस्थाको स्तरीकरणका लागि  बिभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पति शद्धिकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुली, पुँजी प्रर्याप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो । स्क्यान कार्यक्रम अन्तर्गत प्रोवेसन कार्यक्रममा आबद्ध रहेको सहारा महिला साकोसको समग्र कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम र सञ्चालन तथा सुशासन जोखिममा केन्द्रीत रही संस्थाको जोखिम न्यूनीकरण गर्ने सुझाव पेश गरिएको थियो ।

नेफ्स्कून कार्यक्रम अधिकृत सोभिता मैनालीद्धारा भएको स्थलगत सुपरिवेक्षणमा संस्थाको तर्फबाट अध्यक्ष पार्वती खाँड राइ, व्यवस्थापक सन्तोष थापा र व्यवस्थापनको सहभागिता रहेको थियो । स्थलगत सुपरिवेक्षण पश्चात संस्थालाई सुधार गर्नुपर्ने बिषयहरुमा सुझाव प्रदान गरी उक्त सुझावहरुमा कार्ययोजना तय गरी कार्यान्वायन गर्ने प्रतिवद्धता संस्थाले गरेको छ ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप