हिमचुलि साकोसको स्थलगत सुपरिवेक्षण...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हिमचुलि साकोसको स्थलगत सुपरिवेक्षण...

गोरखा ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले हिमचुलि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम स्क्यान अन्तर्गत स्थलगत सुपरिवेक्षण असोज ३० गते सम्पन्न गरेको छ ।

वि.स. २०५० सालमा बिधिवत रुपमा दर्ता भई संचालन भएको यस हिमचुलि साकोसको विनियम, आन्तरिक कार्यविधि,कर्जा, बचत, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धिकरण निवारण नीति पालना , नियामक निकायको निर्देशन कार्यान्वयन, भाखा नाघेका ऋण असुली, पूँजी प्रयाप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले प्रदान गरिरहेको सेवा–सुविधाको मूल्यांकन गरिएको थियो ।

सहकारी संस्थाहरूको पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता,जोखिम न्यूनीकरण, सुशासन र दिगोपनामा अभिवृद्धि गर्नका लागि नेफ्स्कूनले देशभरका सहकारी संस्थाहरूमा प्रभावकारी रूपमा स्थलगत सुपरिवेक्षण कार्यक्रम अगाडि बढाइरहेको छ । स्क्यान कार्यक्रम अन्तर्गत प्रोबेशन कार्यक्रममा आबद्ध हिमचुलि साकोसमा कानुनी, वित्तीय, ऋण, साधारण सभाको निर्णय कार्यान्वयन अबस्था, तरलता तथा सञ्चालन र सुशासन सम्बन्धी जोखिमहरूमा केन्द्रित रही जोखिम न्यूनीकरणका लागि विभिन्न सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो ।

स्थलगत सुपरिवेक्षण नेफ्स्कून कार्यक्रम अधिकृत बिनोद ढकाल र हिमचुलि साकोसका संचालक समिति, लेखा समिति  र व्यवस्थापनका अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । सुपरिवेक्षण पश्चात यस कार्यक्रमले सहकारीलाई दिगो रुपमा संचालन गर्न, नियमहरुको परिपालना गर्न र सहकारी संस्थाको कार्यप्रणाली सुदृढ बनाउन महत्वपुर्ण भुमिका खेलेकाले समितिले धारणा राख्नुभएको थियो । स्क्यान कार्यक्रम मार्फत आवश्यक सुधारका विषयमा सुझावहरू प्रस्तुत गरिए र सुझावहरू कार्यान्वयन गर्ने सहमति सहित निर्णय भएको छ ।
 
भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप