पाँचपोखरी थाङपाल गाउँपालिका, सिन्धुपाल्चोकसँग नेफ्स्कूनको सहकारी सवलीकरणको लागि सहकार्य.....
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पाँचपोखरी थाङपाल गाउँपालिका, सिन्धुपाल्चोकसँग नेफ्स्कूनको सहकारी सवलीकरणको लागि सहकार्य.....

सिन्धुपाल्चोक । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र पाँचपोखरी थाङपाल गाउँपालिका बीच सहकारी सवलीकरणको लागि आधारशिला कार्यक्रमको सम्झौता भएको छ । यस आर्थिक वर्षमा दश वर्षीय सहकारी रणनीतिक योजना तर्जुमा र पालिका स्तरीय सहकारी कानून निर्माणमा प्राविधिक सहजीकरण गर्ने विषयगत क्षेत्रमा केन्द्रित रही लिखित सम्झौता कार्तिक १० गते सम्पन्न भएको छ ।

उक्त सम्झौताअनुसार २०८३ जेष्ठसम्म कार्यादेश पूरा गर्ने लक्ष्य राखिएको छ। यो सहकार्यले गाउँपालिकाभित्रका सहकारी संस्थाहरुलाई एकीकरण र दिगो विकासतर्फ उत्प्रेरित गर्ने उद्देश्य राखेको छ ।

कार्यक्रमका क्रममा संघका वरिष्ठ अधिकृत नविन राज दाहाल र पालिका सहकारी शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले सहकारीको वर्तमान अवस्था, सम्पत्ति शुद्धीकरण निवारण अभ्यास, सहकारी एकीकरणका विधि र प्रक्रियाका विषयमा विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए ।

गाउँपालिका अध्यक्ष टासी लामाले सहकारीहरूको भविष्य दिगो एकीकरण र सशक्त संस्थागत संरचनामा निहित रहेको बताउँदै सबै सहकारी संस्थालाई यस दिशामा अघि बढ्न आह्वान गरे।
कार्यक्रममा गाउँपालिकाभित्र सञ्चालित सहकारी संस्थाका अध्यक्षसहित २९ जना प्रतिनिधि, पालिका सहकारी शाखा र नेफ्स्कूनका प्रतिनिधिहरूको समेत उपस्थिती रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप