दोलखामा पूँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न..
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखामा  पूँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न..

दोलखा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) दोलखा सदस्य सेवा कार्यालयको आयोजनामा एक दिवशीय पूँजी पर्याप्तता विश्लेषण तालिम कार्तिक १४ गते सम्पन्न भएको छ । 

राष्ट्रिय सहकारी नियमन प्राधिकरण सहकारी बिभाग लगायत नियमनकारी निकायहरुबाट जारी निर्देशन तथा मापदण्ड बमोजिम सहकारी संस्थाहरुले पुरा गर्नुपर्ने पुँजी पर्याप्तता सम्बन्धमा बागमती प्रोस्कुनका बरिष्ठ उपाध्यक्ष एवम नेफ्स्कूनका पुर्व सञ्चालक जिबसराज खड्काको प्रमुख आतिथ्यतामा रहेको थियो । उँहाको महत्वपुर्ण मार्ग निर्देशन तथा सुझावको साथमा तालिममा सहभागिहरुले तालिम लिएर संस्थाका उच्च ब्यवस्थापनका कर्मचारीहरु र सञ्चालकहरुमा माइन्युट एवं दस्तावेजीकरण गरी लागु गरेमा मात्र तालिमले सार्थकता पाउने र यस्तै खालका आवश्यक तालिमका प्याकेजहरु धेरै रहेको र छाता सघंहरुले यस्ता खालको तालिमहरु आयोजना एवं व्यवस्थापन गर्ने नै छ यसमा सहकारी संस्थाहरु सकृय सहभागि भई तालिम लिएर सस्थामा लागु गरेमा संस्थाहरु स्वत मजबुत हँुदै जाने र दोलखा जिल्ला सहकारी सिकाइको केन्द्र बन्ने विचार राख्नु भएको  थियो ।

नेफ्स्कून दोलखा सदस्य सेवा कार्यालय उप समिति सदस्य एवं हाम्रो जनकल्याण सहकारी संस्था लि.का अध्यक्ष राजन श्रेष्ठले महत्वपुर्ण मार्ग निर्देशन तथा सुझावका साथै पूँजी पर्याप्तता विश्लेषण सम्बन्धि तालिम संस्थाका सञ्चालक सदस्यहरुमा पनि आवश्यक रहेको महस भएको बताउनु भएको थियो । 

तालिममा सहभागिहरु मध्येबाट जनजागरण साकोसका ब्यबस्थापक चुणमणी घिमिरेले सहकारी संस्थाहरुमा यो पूँजी पर्याप्तताको विषय अहिलेको अवस्थामा अति आबश्यक रहेको र यो विषय अलिक अफ्ठ्यारो विषयहरु रहेको, बैकहरुलाइ भन्दा पनि कडा खालको प्राबधानहरु नियमनकारी निकायहरुले सहकारी संस्थामा लागु गर्न खोजेको र पूँजी कोषको बिषयमा सहभागीहरुले राम्रोसंग बुझ्न यो तालिमले मदत गरेकोले तालिम समग्रमा राम्रै भएको जानकारी गराउदै आयोजक नेफ्स्कुन लाई धन्यबाद दिनुभएको थियो । 

दोलखा जिल्लाको विभिन्न सहकारी संस्थाहरुको व्यवस्थापक र लेखाको कर्मचारीहरु सहित २४ जनाको सहभागीतामा सम्पन्न तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नु भएको थियो भने  । व्यवस्थापन एवं सञ्चालन दोलखा सदस्य सेवा कार्यालय प्रमुख कर्म लामा र सहायक सुदिप बस्नेतले गर्नुभएको थियो । तालिमको औपचारीक समापन नेफ्स्कून दोलखा सदस्य सेवा कार्यालय उप समिति सदस्य एवं शिक्षक कल्याण साकोसका अध्यक्ष बाल कुमार गिरीले गर्नु भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप