नेफ्स्कून र DSIK को सहकार्यमा पेवा साकोसमा लघु व्यवसाय खेल तालिम सम्पन्न..
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र DSIK को सहकार्यमा पेवा साकोसमा लघु व्यवसाय खेल तालिम सम्पन्न..

चितवन । पेवा बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र DSIK को प्राविधिक सहयोगमा लघु व्यवसाय खेल तालिम रत्ननगर, चितवनमा कार्तिक १४ गते सम्पन्न भएको छ । 

पेवा  साकोसका  अध्यक्ष नवराज तिमलसिनाले पानसमा बत्ति बालेर औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गर्दै “सहकारी आन्दोलनमा संलग्न महिलाहरूलाई व्यवहारिक उद्यम सीप प्रदान गर्नु नै सशक्त सहकारी अर्थतन्त्रको जग हो । यो तालिम त्यस दिशामा उठाइएको महत्वपूर्ण कदम भएको जानकारी गराउनु भएको थियो । सस्थाका उपाध्यक्ष डा. मधुसुदन लामिछानेले सहभागीहरुलाई स्वागत मन्तब्य सहित स्वागत गर्नुभएको थियो । 

महिला उद्यमशीलता र वित्तीय साक्षरताको सशक्तीकरणका लागि आयोजना गरिएको यस तालिमले सहभागीहरूलाई व्यवसायिक निर्णय क्षमता, उद्यम सञ्चालनका रणनीति र वित्तीय व्यवस्थापनमा व्यवहारिक अनुभव प्रदान गर्ने उद्देश्य लिएको छ । तालिममा सहभागीहरूले लघु उद्यम ब्यवसाय विकास खेल तालिम नामक अभ्यास मार्फत सानो व्यवसाय सञ्चालनका वित्तीय निर्णयहरू, लगानी व्यवस्थापन, नाफा–नोक्सान विश्लेषण, बजार रणनीति, ग्राहक व्यवहार, प्रतिस्पर्धा व्यवस्थापन लगायतका विषयहरूमा समूहगत अभ्यास गर्दै व्यावहारिक सीप विकास गराइएको थियो । विश्वका विभिन्न देशहरूमा प्रयोग हुने अन्तरक्रियात्मक सिकाइ पद्धति मा आधारित छ, जसले सहभागीहरूलाई आफ्नो निर्णयको प्रत्यक्ष परिणाम बुझ्न र भविष्यका उद्यमि बन्ने निर्णयमा सुधार गर्न प्रेरित गर्छ ।

२५ जनाको सहभागिता रहेको तालिम कार्तिक १२ देखि १४ गते सम्म भएको  कार्यक्रमको सञ्चालन साकोसका सचिव बालकृष्ण दाहालले गर्नुभएको थियो । सहजीकरण संघका अधिकृत राजन सुबेदी र सुर्य प्रसाद तिमलसिनाले गर्नु भएको थियो भने सम्पूर्ण व्यवस्थापन पेवा साकोसका व्यवस्थापक किशोर भट्टाराईले  गर्नुभएको थियो  । 

साकोसले नेफ्स्कुन संग कार्यक्रम सम्झौता गरि ब्यवसाय विकास सेवा कार्यक्रम मार्फत सदस्यहरुलाई ब्यवसाय तर्फ उन्मुख बनाई उद्यमी हुदै ७ बर्ष भित्रमा उद्योगपति बनाउने लक्ष्य सहित अगाडि बढिरहेको छ । साकोसले महिला उद्यमी बनाउने अभ्यासमा बिभिन्न निकायहरुसंग सहकार्य गरी उद्यम र ब्यवसायमा प्रवर्धनात्मक कार्य गर्दै आएको छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप