स्क्यान अडिटरहरूको क्षमता विकास तालिम..
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान अडिटरहरूको क्षमता विकास तालिम..

धुलिखेल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा आयोजना गरिएको नियमित निरिक्षण तथा अनुगमन अडिटर क्षमता विकास तालिम कार्तिक १४ गते  देखि धुलिखेलमा सुरु भएको छ । दुईदिने यो तालिम कार्तिक १४ र १५ गतेसम्म सञ्चालन हुने छ, जसमा संघका ५५ जना अधिकृत तथा सहायक अधिकृतहरूको सहभागिता रहेको छ।

तालिमको उद्घाटन गर्दै संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बचत तथा ऋण सहकारीहरूको संस्थागत विकासले नै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्ने बताउँदै संघका अडिटरहरू संस्थाको समाधानका स्रोत केन्द्र बन्नुपर्नेमा जोड दिनुभयो।

तालीममा सहभागीहरूले कानुनी जोखिम, नियामकीय प्रतिवेदन, सम्पत्ति शुद्धीकरण निवारण कार्यान्वयन, बाह्य लेखा परिक्षण, स्प्रेड र सन्दर्भ ब्याजदर, कर चुक्ता, श्रम कानुन परिपालना, पूँजी पर्याप्तता अनुपात, तिर्न सक्ने सक्षमता, ऋण परिचालन, वित्तीय लगानी, बचत, बाह्य दायित्व, शेयरपूँजी, सञ्चालन खर्च, भाखा नाघेको ऋण प्रतिशत, र कुल वित्तीय जोखिम लगायतका विषयहरूमा सिकाइ लिँदैछन्। 

त्यसैगरी, समिति, उपसमिति र व्यवस्थापन, आन्तरिक लेखा परिक्षण, साधारण सभा, कर्मचारी नियुक्ति तथा कारवाही अभिलेख, प्रविधि, सदस्यता बृद्धि, सम्पत्ति बृद्धि तथा कुल सञ्चालन र सुशासन जोखिम र नियामकीय अनुकूलन योजना सम्बन्धी विषयहरूमा पनि छलफल हुनेछ। 

प्रशिक्षणका विभिन्न सत्रहरूमा एफ. सि. ए. राजकुमार फुँयालले NFRS रिपोर्ट, पूँजी पर्याप्तता, कर अनुपालना तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा प्रस्तुति दिनुभएको छ। साथै, ऋण जोखिमको सही वर्गीकरण, ऋण जोखिम, तरलता प्रतिशत, नकमाउने सम्पत्तिको अवस्था लगायतका जोखिम विषयमा पनि व्यावहारिक विश्लेषण गरिएको छ।
यस तालिमले नेफ्स्कूनका अडिटरहरूको सुपरिवेक्षण, विश्लेषण र मूल्याङ्कन दक्षता विकास हुनुका साथै स्क्यान कार्यक्रमको प्रभावकारिता वृद्धि हुने विश्वास लिएको छ । 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२६ मिनेट अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१५ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२६ मिनेट अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१५ घण्टा अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पाठकबाट थप