स्क्यान अडिटरहरूको क्षमता विकास तालिम..
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान अडिटरहरूको क्षमता विकास तालिम..

धुलिखेल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा आयोजना गरिएको नियमित निरिक्षण तथा अनुगमन अडिटर क्षमता विकास तालिम कार्तिक १४ गते  देखि धुलिखेलमा सुरु भएको छ । दुईदिने यो तालिम कार्तिक १४ र १५ गतेसम्म सञ्चालन हुने छ, जसमा संघका ५५ जना अधिकृत तथा सहायक अधिकृतहरूको सहभागिता रहेको छ।

तालिमको उद्घाटन गर्दै संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बचत तथा ऋण सहकारीहरूको संस्थागत विकासले नै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्ने बताउँदै संघका अडिटरहरू संस्थाको समाधानका स्रोत केन्द्र बन्नुपर्नेमा जोड दिनुभयो।

तालीममा सहभागीहरूले कानुनी जोखिम, नियामकीय प्रतिवेदन, सम्पत्ति शुद्धीकरण निवारण कार्यान्वयन, बाह्य लेखा परिक्षण, स्प्रेड र सन्दर्भ ब्याजदर, कर चुक्ता, श्रम कानुन परिपालना, पूँजी पर्याप्तता अनुपात, तिर्न सक्ने सक्षमता, ऋण परिचालन, वित्तीय लगानी, बचत, बाह्य दायित्व, शेयरपूँजी, सञ्चालन खर्च, भाखा नाघेको ऋण प्रतिशत, र कुल वित्तीय जोखिम लगायतका विषयहरूमा सिकाइ लिँदैछन्। 

त्यसैगरी, समिति, उपसमिति र व्यवस्थापन, आन्तरिक लेखा परिक्षण, साधारण सभा, कर्मचारी नियुक्ति तथा कारवाही अभिलेख, प्रविधि, सदस्यता बृद्धि, सम्पत्ति बृद्धि तथा कुल सञ्चालन र सुशासन जोखिम र नियामकीय अनुकूलन योजना सम्बन्धी विषयहरूमा पनि छलफल हुनेछ। 

प्रशिक्षणका विभिन्न सत्रहरूमा एफ. सि. ए. राजकुमार फुँयालले NFRS रिपोर्ट, पूँजी पर्याप्तता, कर अनुपालना तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा प्रस्तुति दिनुभएको छ। साथै, ऋण जोखिमको सही वर्गीकरण, ऋण जोखिम, तरलता प्रतिशत, नकमाउने सम्पत्तिको अवस्था लगायतका जोखिम विषयमा पनि व्यावहारिक विश्लेषण गरिएको छ।
यस तालिमले नेफ्स्कूनका अडिटरहरूको सुपरिवेक्षण, विश्लेषण र मूल्याङ्कन दक्षता विकास हुनुका साथै स्क्यान कार्यक्रमको प्रभावकारिता वृद्धि हुने विश्वास लिएको छ । 

 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

७ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप