महालक्ष्मी साकोसको २७औं वार्षिक साधारण सभा ...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महालक्ष्मी साकोसको २७औं वार्षिक साधारण सभा ...

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. मा आबद्ध महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरङले आफ्नो २७औं वार्षिक साधारण सभा साकोसका अध्यक्ष खेमराज गौतमको अध्यक्षतामा कार्तिक १५ गते सम्पन्न गरेको छ ।
 
नेफ्स्कून सञ्चालक लक्ष्मी सापकोटाले प्रतिनीधित्व गर्ने उक्त संस्थामा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रमुख व्यक्तित्वको रुपमा उपस्थित भएर सभाको प्रारम्भमा सदस्यहरु लाई साकोस अभियान,संस्थाको सुशासन, दिगो विकास र समसामयिक विषयवस्तुमा सारगर्वित प्रशिक्षण प्रदान गर्नु भएको थियो र स्थानीय ग्रामीण समुदायका वित्तिय र सामाजीक सेवा प्रदान गर्दैै साकोसको दिगो विकास र भावी योजनाका विषयमा दिशानिर्देश गराउनु भएको थियो । 

सदस्यहरुको सक्रिय सहभागितामा सम्पन्न सभाको पहिलो सत्रमा नेफ्स्कून सञ्चालक समेत रहेका सापकोटाले कार्यक्रम संचालन गर्नु भएको थियो भने दोस्रो सत्रको संचालन संस्थाका सचिव केशव प्रसाद ढुंगानाले गर्नु भएको थियो 

विभिन्न विधामा १२ जना उत्कृष्ट कारोबार र कार्य सम्पादन गर्ने सदस्यहरुलाई संघका अध्यक्ष ढकालले पंशसा पत्र र पुरस्कार वितरण गर्नु भएको थियो । ग्रामीण समुदायमा आधारित महालक्ष्मी साकोसले वार्षिक प्रतिवेदनहरु र भावी कार्ययोजना पारित गर्दै उत्साहजनक रुपमा सभा सम्पन्न भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप