लेटाङमा लघु व्यवसाय खेल तालिम सम्पन्न..
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लेटाङमा लघु व्यवसाय खेल तालिम सम्पन्न..

मोरङ । लेटाङ बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र डि.यस.आई. के.को प्राविधिक सहयोगमा लघु व्यवसाय खेल तालिम मोरङको लेटाङमा कार्तिक १५ गते सम्पन्न भएको छ ।

संस्थामा आवद्ध उद्यमी सदस्यहरूका लागि लक्षित आयोजित तीन दिवसीय तालिम कार्तिक १३ देखि १५ गतेसम्म संस्थाको तालिम हलमा सञ्चालन गरिएको थियो । डिएसआईके को तालिम निर्देशिका अनुसार व्यवसायिक निर्णय क्षमता विकास, बिक्री पूर्वानुमान, लक्षित ग्राहक पहिचान, व्यवसायमा आइपर्ने घटनाहरूको प्रभाव विश्लेषण, व्यवसाय प्रवर्धन र विस्तार रणनीति, आय–व्यय विश्लेषण, नगद प्रवाह र सम्पत्ति–दायित्व व्यवस्थापन लगायतका विषयहरू खेलको माध्यमबाट सहभागीलाइ सिकाइएको थियो ।

सदस्य केन्द्रित र समुदायमा आधारित भई संचालित लेटाङ साकोसमा आवद्ध सदस्यहरु मध्येबाट छनौट गरि विभिन्न पेशा–व्यवसायमा आवद्ध २५ जनाको सहभागिता रहेको तालिमको सहजीकरण नेफ्स्कूनका अधिकृत विदुर खड्का र प्रकाश अधिकारीले गर्नुभएको थियो । सिमुलेशन विधिमार्फत खेल अवधिभर सहभागीहरूले उद्यमीको भूमिकामा रही व्यवसाय सञ्चालनका अवसर र चुनौतीहरूको अनुभव प्राप्त गरेका थिए ।

सहभागीहरूले तालिमका विषयवस्तुहरू नौला, व्यावहारिक र प्रभावकारी रहेको अनुभव बाँडेका थिए । तीन दिवसीय तालिम कार्यक्रमको अध्यक्षता संस्थाका नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसाद निरौलाले गर्नुभएको थियो भने समापन सत्रको सञ्चालन कोषाध्यक्ष तुलसिराम खनालले गर्नुभयो । समग्र कार्यक्रमको व्यवस्थापन संस्थाका व्यवस्थापक सिताराम न्यौपानेले गर्नुभएको थियो ।

लेटाङ साकोसमा ४४ सय सदस्य आवद्ध रहनुका साथै ६७ करोड वढिको वित्तीय कारोवार गर्दै आईरहेको एक उत्कृष्ट वित्तीय संस्था हो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप