नेपाल वित्तीय प्रतिवेदन मान तालिम सम्पन्न...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपाल वित्तीय प्रतिवेदन मान तालिम सम्पन्न...

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा कात्तिक १३ देखि १५ सम्म धुलिखेलमा सञ्चालित एन.एफ.आर.एस. तालिम कार्तिक १५ गते सम्पन्न भएको छ ।

कार्यक्रमको दौरानमा उपस्थित हुनुभएका संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संघको तालिमहरुलाई अझै परिष्कृत बनाउँदै लगिने बताउँदै सबै संघ संस्थाहरुले वित्तीय अनुशासन कायम गनुपर्ने कुरामा जोड दिनुभयो । त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले संघका तालिम लगायत सदस्य सेवाका कार्यक्रमहरुले संघका सदस्य संस्थाहरुलाई सबलीकरण गर्न सकिएको बताउँदै यस्ता कार्यक्रमहरुलाई अझै विकास गर्दै लगिने विश्वास व्यक्त गर्नुभयको थियो । 

तिनदिनसम्म सञ्चालित तालिममा १७ वटा संस्थाबाट २० जनाको सहभागिता रहेको थियो । सहकारीहरुले उक्त मान अनुरुप तयार गर्नुपर्ने लेखाका प्रतिवेदनहरुका विभिन्न समायोजन लगायत यसका सिद्धान्त तथा व्यवहारिक विषयहरुलाई समेटेर तयार गरिएको कोर्षको सहजिकरण सिए राजन अधिकारीले गर्नुभएको थियो । 

सम्पन्न कार्यक्रममा बोल्दै संघका सञ्चालक तथा शिक्षा तालिम उपसमिति सदस्य नवराज अर्यालले तालिमले सहकारीको वित्तीय प्रतिवेदन निर्माणमा एकरुपता आउनुका साथै सैद्धान्तिक रुपमा तयार गरिएको वित्तीय प्रतिवेदनहरुले अनुशासन कायम गर्ने विश्वास गर्नुभयो । संघको तालिम केन्द्रको समन्वयमा सञ्चालित तालिमको औपचारिक कार्यक्रमहरु प्राचार्य बल्लभ तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप