झापा । नेपाल बचत तथगा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालय झापाको आयोजनामा व्यवसाय प्रवर्द्धन बैठक तथा अन्तरक्रिया कार्यक्रम कार्तिक १६ गते झापा, दमकस्थित कन्काई पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्यबारे नेफ्स्कूनका सञ्चालक लक्ष्मी सापकोटाले प्रस्तुत गर्नुभएको थियो। सहभागीहरूको जिज्ञासामा अध्यक्ष ढकालले सहकारी क्षेत्रमा प्राधिकरणको भूमिका, सहकारीका नीतिगत सवालहरु स्क्यान कार्यक्रमको महत्व आवश्यकता,र नेफ्स्कूनको धारणा सम्बन्धी जानकारी दिनुभएको थियो। कार्यक्रममा संघका निवर्तमान सञ्चालक गोमा नेपाल र चन्द्रकुमारी खडकाको पनि उपस्थिति रहेको थियो।
साकोसहरुबाट नेतृत्व र व्यवस्थापन प्रमुख गरी ३० भन्दा बढीको सहभागितामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा सहजीकरण झापा सदस्य सेवा कार्यालय प्रमुख पवन घिमिरेले गर्नुभएको थियो भने व्यवस्थापन लक्ष्मण अधिकारीले गर्नुभएको थियो।
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१० दिन अगाडि
२५ दिन अगाडि
२३ दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि
२७ दिन अगाडि