नेपालका सहकारी अभियन्ताहरु अध्ययन भ्रमणका लागि बंगलादेश प्रस्थान...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपालका सहकारी अभियन्ताहरु अध्ययन भ्रमणका लागि बंगलादेश प्रस्थान...

काठमाडौं  । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को सहकार्यमा सहकारी विभाग, केन्द्रीय संघ, जिल्ला संघ र साकोसका प्रतिनिधिहरू सहभागी १९ सदस्यीय टोली कार्तिक १६ गते बंगलादेश प्रस्थान गरेको छ । 

टोली “२९औं CCULB–NEFSCUN​​​​​ आपसी अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम २०२५” अन्तर्गत बंगलादेशमा आयोजना हुने सहकारी अध्ययन भ्रमणमा सहभागी हुन गइरहेको हो । कार्यक्रम बंगलादेशको Co–operative Credit Union League of Bangladesh Ltd (CCULB) र नेफ्स्कूनबीचको आपसी सहकार्यमा नोभेम्बर २ देखि ८ तारिखसम्म ढाकासहित विभिन्न स्थानमा सञ्चालन हुनेछ ।

भ्रमणको उद्देश्य नेपाल र बंगलादेशका सहकारी अभियानबीच अनुभव आदान–प्रदान, सुशासन अभ्यास, सदस्य–केन्द्रित सेवाको प्रवर्धन र सहकारी व्यवसायमा नीतिगत तथा व्यवस्थापकीय सुधारका सम्भावनाहरू पहिचान गर्नु रहेको छ । अध्ययन भ्रमणले सहकारी क्षेत्रका प्रतिनिधिहरूलाई अन्तर्राष्ट्रिय स्तरको सहकारी प्रणाली, कानुनी ढाँचा, सञ्चालनका अभ्यास र सदस्य सेवाका नवीनतम मोडेलहरू बुझ्ने अवसर प्रदान गर्नेछ ।

भ्रमण टोलीलाई कार्तिक १६ गते  बिहान नेफ्स्कूनको नव–निर्मित भवन, मिनभवनमा आयोजित अवलोकन भ्रमण बारे अभिमुखिकरण कार्यक्रममा संघको तर्फबाट औपचारिक बिदाइ गरिएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, सञ्चालक सदस्य गोपाल गौतम, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र प्राचार्य बल्लभ तिमल्सिनाले भ्रमणको उद्देश्य, अध्ययनको औचित्य र उपलब्धिलाई स्पष्ट पार्दै सहभागी प्रतिनिधिहरूलाई अनुशासन, प्रतिनिधित्व र सिकाइको भावनासहित अघि बढ्न प्रेरित गर्नुभयो । वक्ताहरूले सहकारी क्षेत्रको दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य र अनुभव आदान–प्रदान अपरिहार्य रहेको र यस भ्रमणले नेपाली सहकारीको अन्तर्राष्ट्रिय सञ्जाल सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

भ्रमण अवधिभर टोलीले बंगलादेशका सहकारी संस्थाहरू, सहकारी नियामक निकाय, प्रशिक्षण प्रतिष्ठान तथा क्रेडिट युनियनहरूको अवलोकन गर्नेछ । साथै, बंगलादेशी सहकारी मोडेलमा अपनाइएका नवप्रवर्तन, सदस्य वित्तीय समावेशीकरण, डिजिटलाइजेसन र आन्तरिक सुशासनका अभ्यासहरूबारे प्रत्यक्ष अध्ययन र अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी हुनेछ । भ्रमणबाट प्राप्त ज्ञान, अनुभव र विचारहरू नेपालमा सहकारी नीति निर्माण, व्यवस्थापन र सशक्तिकरणमा उपयोगी हुने अपेक्षा गरिएको छ ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप