नेपालका सहकारी अभियन्ताहरु अध्ययन भ्रमणका लागि बंगलादेश प्रस्थान...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपालका सहकारी अभियन्ताहरु अध्ययन भ्रमणका लागि बंगलादेश प्रस्थान...

काठमाडौं  । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को सहकार्यमा सहकारी विभाग, केन्द्रीय संघ, जिल्ला संघ र साकोसका प्रतिनिधिहरू सहभागी १९ सदस्यीय टोली कार्तिक १६ गते बंगलादेश प्रस्थान गरेको छ । 

टोली “२९औं CCULB–NEFSCUN​​​​​ आपसी अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम २०२५” अन्तर्गत बंगलादेशमा आयोजना हुने सहकारी अध्ययन भ्रमणमा सहभागी हुन गइरहेको हो । कार्यक्रम बंगलादेशको Co–operative Credit Union League of Bangladesh Ltd (CCULB) र नेफ्स्कूनबीचको आपसी सहकार्यमा नोभेम्बर २ देखि ८ तारिखसम्म ढाकासहित विभिन्न स्थानमा सञ्चालन हुनेछ ।

भ्रमणको उद्देश्य नेपाल र बंगलादेशका सहकारी अभियानबीच अनुभव आदान–प्रदान, सुशासन अभ्यास, सदस्य–केन्द्रित सेवाको प्रवर्धन र सहकारी व्यवसायमा नीतिगत तथा व्यवस्थापकीय सुधारका सम्भावनाहरू पहिचान गर्नु रहेको छ । अध्ययन भ्रमणले सहकारी क्षेत्रका प्रतिनिधिहरूलाई अन्तर्राष्ट्रिय स्तरको सहकारी प्रणाली, कानुनी ढाँचा, सञ्चालनका अभ्यास र सदस्य सेवाका नवीनतम मोडेलहरू बुझ्ने अवसर प्रदान गर्नेछ ।

भ्रमण टोलीलाई कार्तिक १६ गते  बिहान नेफ्स्कूनको नव–निर्मित भवन, मिनभवनमा आयोजित अवलोकन भ्रमण बारे अभिमुखिकरण कार्यक्रममा संघको तर्फबाट औपचारिक बिदाइ गरिएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, सञ्चालक सदस्य गोपाल गौतम, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र प्राचार्य बल्लभ तिमल्सिनाले भ्रमणको उद्देश्य, अध्ययनको औचित्य र उपलब्धिलाई स्पष्ट पार्दै सहभागी प्रतिनिधिहरूलाई अनुशासन, प्रतिनिधित्व र सिकाइको भावनासहित अघि बढ्न प्रेरित गर्नुभयो । वक्ताहरूले सहकारी क्षेत्रको दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य र अनुभव आदान–प्रदान अपरिहार्य रहेको र यस भ्रमणले नेपाली सहकारीको अन्तर्राष्ट्रिय सञ्जाल सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

भ्रमण अवधिभर टोलीले बंगलादेशका सहकारी संस्थाहरू, सहकारी नियामक निकाय, प्रशिक्षण प्रतिष्ठान तथा क्रेडिट युनियनहरूको अवलोकन गर्नेछ । साथै, बंगलादेशी सहकारी मोडेलमा अपनाइएका नवप्रवर्तन, सदस्य वित्तीय समावेशीकरण, डिजिटलाइजेसन र आन्तरिक सुशासनका अभ्यासहरूबारे प्रत्यक्ष अध्ययन र अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी हुनेछ । भ्रमणबाट प्राप्त ज्ञान, अनुभव र विचारहरू नेपालमा सहकारी नीति निर्माण, व्यवस्थापन र सशक्तिकरणमा उपयोगी हुने अपेक्षा गरिएको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप