ललितपुरमा स्क्यान कार्यक्रम अन्तर्गत जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुरमा स्क्यान कार्यक्रम अन्तर्गत जोखिम व्यवस्थापन ३६० कार्यशाला  सम्पन्न...

ललितपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा आयोजित नियमित निरीक्षण तथा अनुगमन (Supervisory Checks & Analysis for Navigation-SCAN) कार्यक्रम अन्तर्गत “जोखिम व्यवस्थापन कार्यशाला ३६० – Credit Union Risk Management (CURIMA-360) Workshop कार्यक्रम महालक्ष्मीस्थान, ललितपुरमा कार्तिक १६ गते सम्पन्न  भएको छ ।

कार्यक्रममा  स्वागत मन्तव्य राख्दै गोपाल प्रसाद गौतमले सबै सदस्य संस्थालाई स्क्यान कार्यक्रममा आबद्ध गराउने र संस्थाको सम्पूर्ण समस्याको निदान गरी सबलीकरणतर्फ लैजानुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थालाई आवश्यकता अनुसारको अनुगमन तथा सुपरीवेक्षण प्रणाली विकसित गरी कानुन कार्यान्वयनमा बल पुर्‍याउने कुरा उल्लेख गर्नुभयो ।

कार्यक्रमको उद्घाटन  सत्रका प्रमुख व्यक्तित्व दामोदर अधिकारीले आफ्नो उद्घाटन मन्तव्यमा सहकारी क्षेत्रमा भूकम्प, कोभिड-१९ पश्चातका असहज परिस्थितिका कारण संचालन,कानुनी तथा वित्तीय जोखिम देखापरेको छन् जसलाई सन्तुलनमा राख्दै अगाडि बढ्नु पर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।
“सदस्यहरूले आफ्नो बचत संस्थामा भरोसा गरेर जम्मा गरेका छन् । संस्थाले त्यो विश्वासको कदर गर्दै पारदर्शिता र उत्तरदायित्वका साथ काम गर्नुपर्छ । जोखिम सामान्य रहँदा नै उपचार गर्नु जरुरी छ, अन्यथा संस्था दुर्घटनातर्फ जान सक्छ ।”उहाँका अनुसार, स्क्यान कार्यक्रम संस्थाको “पूर्ण परीक्षण र आवश्यक उपचार” गर्ने प्रक्रिया हो, जसले सहकारीलाई सुरक्षित र सबल बनाउन मद्दत पुर्‍याउँछ । नेफ्स्कूनको हालको प्रमुख प्राथमिकता यही कार्यक्रम रहेको छ र त्यसका लागि आवश्यक जनशक्ति पनि परिचालन गरिएको थियो  ।

कार्यक्रममा संचालक एबम सदस्य सेवा ब्यबस्थापन उपसमिति सदस्य गोपाल प्रसाद गौतम र विभागीय प्रमुख दुर्गा प्रसाद ढकालको विशेष उपस्थिति रहेको थियो । संचालन सुमनराज घिमिरेले गर्नुभएको थियो । प्रमुख व्यक्तित्व संघका बरिस्ठ उपाध्यक्ष एबम सदस्य सेवा ब्यबस्थापन उपसमिति संयोजक दामोदर अधिकारीको रहेको थियो भने संघका प्रशिक्षकका रूपमा दुर्गा प्रसाद ढकाल, सुमनराज घिमिरे र प्रबिण अधिकारीले प्रशिक्षण सत्र सञ्चालन गर्नुभएको थियो। प्रशिक्षणका मुख्य विषयहरूमा सुरक्षित साकोस र समुन्नत समाजका लागि सहकार्य, सहकारी पहिचानको पुनःपुष्टि,कानूनी जोखिम,वित्तीय जोखिम,ऋण जोखिम,संचालन तथा सुशासन जोखिम,बजार जोखिम लगायतका बिषयहरु समावेश गरिएको थियो ।

कार्यक्रममा ललिपुर जिल्लाका ४६ वटा बचत तथा ऋण सहकारी संस्थाबाट  ६६  भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप