एक्सेस कार्यक्रम अन्तर्गत प्रगति साकोसको स्थलगत सुपरिवेक्षण....
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस कार्यक्रम अन्तर्गत प्रगति  साकोसको स्थलगत सुपरिवेक्षण....

सुनसरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुनसरीको स्थलगत सुपरिवेक्षण कार्तिक १८ गते सम्पन्न भएको छ ।

नेफ्स्कूनले सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन र दिगोपनाको प्रवद्र्धन गर्ने उद्देश्यले देशभरका सहकारीहरूको स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तररूपमा अघि बढाइरहेको छ ।

अनुगमनका क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरू — ऋण वर्गिकरण, कर्जा, बचत, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धिकरण निवारण नीति, नियामक निकायका निर्देशनहरूको पालना, भाखा नाघेका ऋणको असुली, पूँजी प्रयाप्तता अनुपात लगायतका विषयमा विस्तृत मूल्याङ्कन गरेको थियो । एक्सेस कार्यक्रममा आबद्ध रहेको प्रगति साकोसको कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम, संचालन तथा सुशासन सम्बन्धी जोखिमहरूमा केन्द्रित रही संस्थाको समग्र जोखिम न्यूनीकरणका लागि व्यावहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो ।

सुपरिवेक्षणमा नेफ्स्कूनका तर्फबाट अधिकृत मुकेश दाहाल सहभागी रहनु भएको थियो । संस्थाको तर्फबाट एक्सेस कार्यदल संयोजक चन्दन कुमारचौधरी, सदस्य दयानन्द चौधरी, व्यवस्थापक उमेश कुमार चौधरी साथै व्यवस्थापन प्रतिनिधिहरू श्रवण कुमार चौधरी  र सुरेन्द्र कुमार चौधरी को उपस्थितिमा छलफल सम्पन्न भएको थियो । संस्थाले स्थलगत अनुगमन पश्चात, सहकारी संस्थाको सुधार गर्नुपर्ने पक्षहरूमा सुझाव प्रदान गर्दै उक्त सुझावहरुलाई कार्यान्वयन गर्ने सहमति सहित निर्णय गरिएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप