मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी सघं लि. (नेफ्स्कून) र मकवानपुरको मञ्जुश्री साकोस हेटौंडा उपमहानगरपालिका १४ बीच स्क्यान कार्यक्रमको सम्झौता कार्तिक १९ गते सम्पन्न भएको छ ।
मञ्जुश्री साकोसका अध्यक्ष चन्द्र देबी तामाङ, ब्यवस्थापक रेजिना लामा, त्यसै गरी नेफ्स्कूनको तर्फबाट मकवानपुर सदस्य सेवा कार्यालय ईन्चार्ज ज्योति महत, चितवन सदस्य सेवा कार्यालय सहायक सुरेन्द्र श्रेष्ठ रोहबरमा प्रथम पक्ष संघको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष चन्द्र देबी तामाङको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो ।
सहकारी संघ संस्थाहरुलाई सहकारी सिद्धान्त, मूल्य, मान्यता र वित्तीय मापदण्डहरूको परिपालना गरी गराई दिगो तथा सुरक्षित बचत तथा ऋण सहकारीहरू मार्फत सदस्यको बचत र सामुहिक हितको सुरक्षा गर्न नियमित सुपरिवेक्षणका माध्यमबाट जोखिम मापन, विश्लेषण र पृष्ठपोषण गरी गुणस्तरीय सेवा प्रवाह मार्फत साकोसका सदस्यहरूको वित्तीय आवश्यकता पुरा गर्न सक्षम संस्था विकास गर्न, गुणस्तर सुनिश्चितता र जोखिम सुपरिवेक्षणका कार्यक्रमहरू विकास एवं सञ्चालन गर्ने केन्द्रीय संघको मुख्य दायित्व भएकोले सहकारी ऐन २०७४ को दफा २५ (ङ) र दफा ९९ ले तोकेको जिम्मेवारी पुरा गर्न एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) को विनियम २०५० (संशोधन समेत) परिच्छेद २ दफा ५ को उपदफा १० र १२ ले दिएको अधिकार र कर्तव्य बमोजिम आफ्ना सदस्यहरूको काम कारवाहीको तोकिए बमोजिम निरीक्षण तथा अनुगमन गरी सोको प्रतिवेदन नियामकिय निकायमा पेश गर्नुपर्ने व्यवस्था कार्यान्वयनका लागि सम्पूर्ण कार्यक्रमहरुलाई थप परिष्कृत गरी नियमित निरिक्षण अनुगमन कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य यस कार्यक्रमले राखेको छ ।
७ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१६ दिन अगाडि
१७ दिन अगाडि
३५ दिन अगाडि
८ दिन अगाडि
२३ दिन अगाडि
२६ दिन अगाडि
२६ दिन अगाडि
२७ दिन अगाडि
२४ दिन अगाडि
३९ दिन अगाडि