रक्तदान कार्यक्रम गरी हाइवे साकोसले मनायो २०औं स्थापना दिवस...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रक्तदान कार्यक्रम गरी हाइवे साकोसले मनायो २०औं स्थापना दिवस...

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीको नेफ्स्कूनसंग आबद्ध संस्था हाइवे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रमको आयोजना गरेर २०औं स्थापना दिवस कार्तिक २१ गते मनाएको छ । 

नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग र हाइवे बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ७६ जना पुरुष र २४ जना महिला गरी १०० जनाले रक्तदान गरेको हाइवे साकोसका व्यवस्थापक ऋिसिराम नेपालले बताउँनु भयो । 

 कार्यक्रममा धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य,गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, वडा अध्यक्षहरु,धादिङ रेडक्रसका सभापति दुर्लब कुमार तामाङ,संस्थाका अध्यक्ष शिव बहादुर भण्डारी,सदस्यहरु,कर्मचारी स्थानिय नागरिक लगायतकोे सहभागीता रहेको थियो ।

रगत दिनु भनेको जीवन दिनु हो । सहकारी संस्थाले रक्तदानजस्ता जीवनदायी कार्यहरूमा अग्रसर हुँदा समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ । सामाजिक एकता, सद्भाव र मानवताको शन्देस झनै प्रगाढ बनाउँछ । रगत जीवन जीउनका लागि अत्यन्त महत्वपूर्ण चिज हो ।  कुनै पनि गम्भीर चोटपटक, शल्यक्रिया, दुर्घटना, डायलाइसिस, प्रसूति, वा अन्य रोगहरूको उपचारमा रगतको आवश्यकता पर्छ । यस्तो अवस्थामा समयमै रगत नपाउँदा अनगिन्ती व्यक्तिको ज्यान जान सक्छ । यस्ता संकटपूर्ण घडीमा सहकारीले रक्तदान कार्यक्रम गरि रगत जम्मा गर्न सके त्यो रगतले कसैको जीवन बचाएर अमूल्य सहयोग गर्न सक्छ । त्यसैले रक्तदान कार्यक्रम उत्कृष्ठ र मानवियताका हिसाबले जीवन दान हो ।

समुदायप्रति रुची राख्नु सहकारीको सिद्धान्त हो । सदस्यहरुद्धारा निर्धारण गरिएका नीतिहरुको आधारमा सहकारीको समुदायको दिगो विकासका लागि साकोसले विभिन्न आर्थिक तथा सामाजिक कार्यक्रम गर्दै आएको छ जसमध्ये रक्तदान कार्यक्रम पनि एक हो ।  साकोसले यस्ता विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता गरेको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप