स्क्यान कार्यक्रमको प्रभाबकारिता बढ्दै,विभिन्न जिल्लाबाट एकैदिन सात वटा साकोस आबद्ध..
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रमको प्रभाबकारिता बढ्दै,विभिन्न जिल्लाबाट एकैदिन सात वटा साकोस आबद्ध..

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) संग विभिन्न जिल्लाबाट एकैदिन सातवटा साकोसहरु स्क्यान कार्यक्रममा आबद्ध भएका छन् । 

हरिवन,सर्लाही स्थित समृद्धी साकोस, चितवनको गौरीशंकर साकोस, गौरादह नगरपालिका झापामा रहेको ग्वालडुब्बा साकोस, रतुवामाई नगरपालिका मोरङमा रहेको दाम्राभिट्टा साकोस, डडेल्धुरा जगन्नाथ महिला साकोस, डडेल्धुरा जीवनज्योती साकोस र हेटौडामा रहेको बागेश्वरी महिला साकोस गरी सातवटा साकोसले नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) मा कार्तिक २१ गते आबद्ध भएका हुन् । 

सर्लाही । हरिवन नगरपालिका,सर्लाही स्थित समृद्धी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तारा राज पन्त,उपाध्यक्ष डाकुर नाथ खतिवडा,सचिब सुरेश भट्टराई र नेफ्स्कून सर्लाही सदस्य सेवा कार्यालय ईन्चार्ज संजय कुमार कर्ण,नेफ्स्कून जनकपुर सदस्य सेवा कार्यालयका सहायक रम्भु पंडितको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई दोस्रो पक्ष साकोसको तर्फबाट योग्यहरी ढुङगेलको हस्ताक्षरमा दुई पक्ष बीच सम्झौता सम्पन्न भएको थियो । 

चितवन । गौरीशंकर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव टिका बहादुर कार्कि,व्यवस्थापक विश्वनाथ पाण्डे,स.व्यवस्थापक लक्ष्मण सुवेदी,कर्जा प्रमुख अमर बहादुर गोदार र नेफ्स्कून सदस्य सेवा कार्यालय फिल्ड व्यवस्थापन उप समिति सदस्य तुलमणी पौडेल,नेफ्स्कून चितवन सेवा कार्यालयका बरिष्ठ सहायक केदारनाथ अधिकारीको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट अधिकृत यमकला सुवेदी दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष पदमराज तिम्सीनाको हस्ताक्षरमा दुई पक्ष बीच सम्झौता सम्पन्न भएको थियो । 

झापा । गौरादह नगरपालिका झापामा रहेको ग्वालडुब्बा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष धु्रव गौतम र संघका अनुगमन सहजकर्ता मिलन कोइरालाको रोहबरमा साकोसको तर्फबाट व्यवस्थापक पुष्पलाल भट्ट र संघको तर्फबाट नेफ्स्कूनका बरिष्ठ अनुगमन सहजकर्ता सोमनाथ दाहालको हस्ताक्षरमा सम्झौता भएको थियो । 

मोरङ । रतुवामाई नगरपालिका मोरङमा रहेको दाम्राभिट्टा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष होमनाथ पोखरेल,सचिव रेवती रमण लुइटेल र  संघका अनुगमन सहजकर्ता मिलन कोइरालाको रोहबरमा साकोसका व्यवस्थापक सोमनाथ अर्याल र नेफ्स्कूनका बरिष्ठ अनुगमन सहजकर्ता सोमनाथ दाहालको हस्ताक्षरमा सम्झौता भएको थियो । 

डडेल्धुरा । नेफ्स्कून डडेल्धुरा सेवाकेन्द्र कार्यालय ईन्चार्ज योगेश बोहरा,जगन्नाथ महिला साकोसका व्यवस्थापक दुर्गा ठगुन्नाको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट कार्यक्रम अधिकृत प्रविण अधिकारी र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष नन्दा देबि पालको हस्ताक्षरमा दुई पक्ष बीच सम्झौता सम्पन्न भएको थियो । 

डडेल्धुरा । नेफ्स्कून डडेल्धुरा सेवाकेन्द्र कार्यालय ईन्चार्ज योगेश बोहरा,जीवनज्योती साकोसका प्रमुख कार्यकारी अधिकृत टेकराज लेखकको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट कार्यक्रम अधिकृत प्रविण अधिकारी र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष लोकेशलाल शाहको हस्ताक्षरमा दुई पक्ष बीच सम्झौता सम्पन्न भएको थियो । 

हेटौडा । बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुर उपमहानगरपालिका, हेटौडाका अध्यक्ष आशा अधिकारी अर्याल, प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठ, ब्यवस्थापक उर्मिला ज्ञवाली त्यसै गरी नेफ्स्कूनको तर्फबाट मकवानपुर सदस्य सेवा कार्यालय ईन्चार्ज ज्योति महत, चितवन सदस्य सेवा कार्यालय सहायक सुरेन्द्र श्रेष्ठको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष आशा अधिकारी अर्यालको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

संघले आबद्ध सदस्य संघ संस्थाहरुको नियमित रुपमा निरिक्षण तथा अनुगमन गरी जोखीमको स्तर निर्धारण,जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगतका वर्षहरुमा सञ्चालित एक्सेस,प्रोवेसन,तथा कव्स कार्यक्रमको सिकाइका आधारमा विकास गरिएको कार्यक्रम स्क्यानले आबद्ध सबै संस्थालाई अनुगमन सुपरिवेक्षण गर्ने लक्ष्य राखेको छ । 

 

सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो । यस कार्यक्रमले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप