बैतडीका दुई साकोस स्क्यान कार्यक्रममा आबद्ध...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बैतडीका दुई साकोस स्क्यान कार्यक्रममा आबद्ध...

बैतडी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) संग सुदुरपश्चिम प्रदेश,बैतडी जिल्लाका दुई साकोस आबद्ध भएका छन् । 

जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतडी र जीवनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुदुरपश्चिम प्रदेश बैतडी जिल्ला नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) मा कार्तिक २१ गते आबद्ध भएका हुन् । 

संघले आबद्ध सदस्य संघ संस्थाहरुको नियमित रुपमा निरिक्षण तथा अनुगमन गरी जोखीमको स्तर निर्धारण,जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगतका वर्षहरुमा सञ्चालित एक्सेस,प्रोवेसन,तथा कव्स कार्यक्रमको सिकाइका आधारमा विकास गरिएको कार्यक्रम स्क्यानले आबद्ध सबै संस्थालाई अनुगमन सुपरिवेक्षण गर्ने लक्ष्य राखेको छ । 

नेफ्स्कून डडेल्धुरा सेवाकेन्द्र कार्यालय ईन्चार्ज योगेश बोहरा,जगन्नाथ महिला साकोसका व्यवस्थापक दुर्गा ठगुन्नाको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट कार्यक्रम अधिकृत प्रविण अधिकारी र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष नन्दा देबि पालको हस्ताक्षरमा दुई पक्ष बीच सम्झौता सम्पन्न भएको थियो । 

नेफ्स्कून डडेल्धुरा सेवाकेन्द्र कार्यालय ईन्चार्ज योगेश बोहरा,जीवनज्योती साकोसका प्रमुख कार्यकारी अधिकृत टेकराज लेखकको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट कार्यक्रम अधिकृत प्रविण अधिकारी र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष लोकेशलाल शाहको हस्ताक्षरमा दुई पक्ष बीच सम्झौता सम्पन्न भएको थियो । 

सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो । यस कार्यक्रमले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप