विभिन्न जिल्लाबाट एकैदिन सातवटा साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विभिन्न जिल्लाबाट एकैदिन सातवटा साकोस स्क्यान कार्यक्रममा आबद्ध

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) स्क्यान कार्यक्रममा विभिन्न जिल्लाबाट एकैदिन सातवटा साकोस आबद्ध भएका छन् । 

सुर्खेतबाट स्क्यानमा आबद्ध हुने पहिलो सहकारी शुभ बचत तथा ऋण सहकारी संस्था लि. गुर्भाकोट न.पा. ८ मेहलकुना, होलिका बचत तथा ऋण सहकारी सस्था लिमिटेड बाँके, प्रतिविम्ब बचत तथा ऋण सहकारी संस्था लि.चावहिल, आमा बचत तथा ऋण सहकारी संस्था लि. बौद्ध,  महिला सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटांैडा उपमहानगरपालिका, १२ मकवानपुर, प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर महानगरपालिका १२, चितवन र नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर महानगरपालिका ५, चितवन  गरी सातवटा साकोसले नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) मा कार्तिक २४ गते आबद्धता जनाएका हुन् । 

संघले आबद्ध सदस्य संघ संस्थाहरुको नियमित रुपमा निरिक्षण तथा अनुगमन गरी जोखीमको स्तर निर्धारण,जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगतका वर्षहरुमा सञ्चालित एक्सेस,प्रोवेसन,तथा कव्स कार्यक्रमको सिकाइका आधारमा विकास गरिएको कार्यक्रम स्क्यानले आबद्ध सबै संस्थालाई अनुगमन सुपरिवेक्षण गर्ने लक्ष्य राखेको छ । 

सुर्खेत । गुर्भाकोट न.पा. ८ मेहलकुना, सुर्खेतमा रहेको शुभ बचत तथा ऋण सहकारी संस्था लि. का व्यवस्थापक गणेश कुमार चन्द, बजार प्रबन्र्ध शाखा प्रमुख मन्जु पुन नेफ्स्कून, सुर्खेत सदस्य सेवा कार्यालय इन्चार्ज मदन कुमार चन्दको रोहबरमा प्रथम पक्ष नेफ्स्कून, कार्यक्रम अधिकृत प्रविण अधिकारी र देस्रो पक्ष शुभ साकोस, कोषाध्यक्ष कृष्ण प्रसाद आर.सि को हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

बाँके ।  होलिका बचत तथा ऋण सहकारी सस्थां लिमिटेड उपाध्यक्ष गोपाल राज गिरी, कोषाध्यक्ष नारायण दत्त पोखरेल, सदस्य सरस्वती गिरी, व्यवस्थापक मदन बहादुर बटाला र नेफ्स्कून बाँके सदस्य सेवा कार्यालयका अनुगमन सहजकर्ता प्रकाश लुहारको रोहबरमा प्रथम पक्ष, संघको तर्फबाट कार्यक्रम अधिकृत प्रविण अधिकारी र दोस्रो पक्ष साकोसको तर्फबाट साकोसका अध्यक्ष सिता देवी काफ्लेको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो ।

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिलमा रहेको प्रतिविम्ब बचत तथा ऋण सहकारी संस्था लि.का तर्फबाट अध्यक्ष सुर्य बहादुर कटुवाल र ब्यवस्थापक काजीमान राईको उपस्थिति रहेको थियो भने संघको तर्फबाट कार्यक्रम अधिकृत सन्दिपराज ढकाल, चावहिल सदस्य सेवा कार्यालयका ब्यवसाय सहायक राम प्रसाद तिमल्सिना, सहजकर्ता लिला अम्गाईँ र अप्सरा अधिकारीको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो ।

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धमा रहेको आमा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राम बहादुर कटुवाल र ब्यवस्थापक सुजन लामिछाने लगायत सञ्चालक समितिका पदाधिकारीको उपस्थिति रहेको थियो भने संघको तर्फबाट कार्यक्रम अधिकृत सन्दिपराज ढकाल, चावहिल सदस्य सेवा कार्यालयका ब्यवसाय सहायक राम प्रसाद तिमल्सिना, सहजकर्ता लिला अम्गाईँ उपस्थिति रहेको थियो ।

मकवानपुर । हेटांैडा उपमहानगरपालिका, १२ मकवानपुरमा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष अचला शर्मा, ब्यवस्थापक शुसिला वाईबा त्यसै गरी नेफ्स्कूनको तर्फबाट मकवानपुर सदस्य सेवा कार्यालय ईन्चार्ज ज्योति महत, चितवन सदस्य सेवा कार्यालय सहायक सुरेन्द्र श्रेष्ठ रोहबरमा प्रथम पक्ष संघको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना र दोस्रो पक्ष बाट अध्यक्ष अचला शर्माको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

चितवन । प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर महानगरपालिका १२, चितवन का सचिव मन्जु रेग्मी,रविना श्रेष्ठ का.मु. व्यवस्थापक नेफ्स्कून सेवा कार्यालयका बरिष्ठ सहायक केदारनाथ अधिकारीको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट अधिकृत यमकला सुवेदी दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष साधना श्रेष्ठ पोखरेलको हस्ताक्षरमा दुई पक्ष बीच सम्झौता सम्पन्न भएको थियो ।

चितवन । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर महानगरपालिका ५, चितवन का सचिव इन्द्रमणि गैरे,कोषाध्यक्ष घनश्याम गौतम,लेखा सुपरिवेक्षण समिति संयोजक रत्न प्रसाद सापकोटा,व्यवस्थापक विष्णु प्रसाद गौतम नेफ्स्कून सेवा कार्यालयका बरिष्ठ सहायक केदारनाथ अधिकारीको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट अधिकृत यमकला सुवेदी दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष तुलसि प्रसाद अधिकारीको हस्ताक्षरमा दुई पक्ष बीच सम्झौता सम्पन्न भएको थियो ।

सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो । यस कार्यक्रमले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।

नेफ्स्कूनको स्क्यान कार्यक्रमले संस्थामा सृजना हुने वित्तिय जोखिम, कानुनी जोखिम सञ्चालन  तथा सुशासन जोखिम, ऋण जोखिम, तरलता जोखिम र बजार जोखिम न्यूनिकरणमा योगदान  गर्नुको साथै सुरक्षित संस्थाको प्रात्याभूती हुने अपेक्षा साकोसले गरेका छन् ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप