मोहना लालझाडी क्षेत्र साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोहना लालझाडी क्षेत्र साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

कञ्चनपुर ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले मोहना लालझाडी क्षेत्र बचत तथा ऋण सहकारी सस्था लिमिटेड पुनर्वास–१०, भिमबस्ति, कञ्चनपुरमा स्थलगत सुपरिवेक्षण कार्तिक २७ गते सम्पन्न गरेको छ ।

संघले सहकारी संस्थाहरूमा सुशासन, दिगोपना र वित्तीय अनुशासन प्रवद्र्धन गर्ने उद्देश्यले बचत तथा ऋण सहकारीहरूको स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ । 

सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य र नियमन निकायसँगको सहकार्य र समन्वय मार्फत नीति, निर्देशिका,मापदण्ड  र कार्यविधिका बारे सचेत बनाउँदै, सदस्यहरूको आर्थिक विकास, सुशासन प्रत्याभूति, र बचतकर्ताको विश्वास अभिवृद्धि गर्ने वातावरण सिर्जना गर्नु रहेको थियो ।

सुपरिवेक्षणमा सहकारीको पूँजी प्रर्याप्तता, ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली, र सम्पत्ति शुद्धिकरण निवारण नीति (AML/CFT), भाखा नाघेका ऋण असुली लगायतका पक्षहरूको मूल्यांकन गरी सुधारका लागि सिफारिसहरू प्रस्तुत गरेको छ । अनुगमनका क्रममा स्क्यानका सूचकहरूमा अभ्यास गराई सहकारीको अवस्था विश्लेषण गरिएको र वित्तीय जोखिम मूल्यांकनका साथ सुधारात्मक सुझावहरू प्रदान गरिएको छ ।

संघका तर्फबाट अनुगमन अधिकृत प्रबिण अधिकारी ले स्थलगत अनुगमन गर्नुभएको थियो । सहकारीको तर्फबाट अध्यक्ष प्रेमलता देबी गौतम, सचिब भरत बहादुर चन्द, राम दुलारी राना, तिल बहादुर नेपाली, व्यवस्थापक रमेश राना सहित व्यवस्थापन कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सुपरिवेक्षण पश्चात पल्स मापदण्ड अनुसारका सूचकहरूलाई निरन्तरता दिने र सुधारका सिफारिसहरू कार्यान्वयनमा ल्याउने प्रतिबद्धता सहकारीले व्यक्त गर्दे नियमित सुपरिवेक्षण र अनुगमन कार्यक्रमहरूले सहकारीको सुशासन, पारदर्शिता, वित्तीय स्थायित्व र जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याइरहेको जनाएको छ  ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप