नवलपरासि स्थित पौरखी साकोसको स्थलगत सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपरासि स्थित पौरखी साकोसको स्थलगत सुपरिवेक्षण

नवलपरासि ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत पौरखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कावासोती नगरपालिका २, नवलपरासि को स्थलगत सुपरिवेक्षण कात्तिक २७ गते सम्पन्न भएको छ ।

सुपरिवेक्षणमा सहकारी संस्थाको सदस्यता व्यवस्थापन, वित्तीय विवरण, लेखा परीक्षण, सुशासन प्रणाली र ऋण व्यवस्थापन लगायतका पक्षहरूको मूल्यांकन गरी सुधारका लागि सिफारिसहरू प्रस्तुत गरिएको छ। सुपरिवेक्षणका क्रममा संस्थागत सुदृढीकरण, वित्तीय पारदर्शिता, सुशासन, सदस्य हित संरक्षण, जोखिम व्यवस्थापन, र आन्तरिक नियन्त्रण प्रणालीका विषयमा विशेष ध्यान दिइएको थियो। सुपरीवेक्षणका क्रममा सहकारीको विनियम, कार्यविधि, नियमावली, कर्जा तथा बचत कार्यक्रम, ब्याजदर, सम्पत्ति शुद्धिकरण निवारण नीति, नियामक निकायका निर्देशनहरूको पालना, साथै भाखा नाघेको ऋण असुलीको अवस्था समेत मूल्यांकन गरिएको थियो । साथै स्क्यान कार्यक्रमको बिशेषता, उद्धेश्य र आवश्यकताका बिषयमा छलफल गरिएको थियो । संस्थाका अध्यक्ष व्यवस्थापक र  व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाले साकोसको स्थलगत सुपरिवेक्षण गर्नुभएको थियो । संघले सहकारी संस्थाहरूमा सुशासन, दिगोपना र वित्तीय अनुशासन प्रवद्र्धन गर्ने उद्देश्यले बचत तथा ऋण सहकारीहरूको स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ ।  साकोसले नियमित सुपरिवेक्षण र अनुगमन कार्यक्रमहरूले सहकारीको सुशासन, पारदर्शिता, वित्तीय स्थायित्व र जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याइरहेको जनाएको छ  ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप