सहकारीमा योग्यता तथा उपयुक्तता परीक्षण सम्बन्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा योग्यता तथा उपयुक्तता परीक्षण सम्बन्धि तालिम सम्पन्न

काठमाडौं ।  नव दीपज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि काठमाडौं को आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा संस्थाका शेयर सदस्यमा सुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको योग्य तथा उपयुक्त व्यक्ति परिक्षण (Fit & Proper test) सम्बन्धि तालिम कार्तिक २८ गते आर. बि. होम, मित्रपार्कमा सम्पन्न भएको छ।

तालिममा सहकारीका सेयर सदस्य सञ्चालक समिति, लेखा समिति, प्रबन्धक तथा कर्मचारी लगायत ६२ जनाको सहभागिता रहेको थियो। सहभागीहरूलाई सहकारीको नेतृत्व र व्यवस्थापनमा आवश्यक योग्यता, दक्षता, आचरण, जोखिम व्यवस्थापन, वैधानिक व्यवस्था, दायित्व तथा उत्तरदायित्वबारे विस्तृत रुपमा प्रशिक्षण प्रदान गरिएको थियो। नेतृत्वदक्षता, सुशासनका, आन्तरिक नियन्त्रण तथा लेखापरिक्षण, जोखिम मूल्यांकन, कानुनी प्रावधान, सदस्य संरक्षण, वित्तीय निर्णयमा पारदर्शिता लगायतका विषयमा नेफ्स्कूनका तालिम अधिकृत रवीन्द्र श्रेष्ठ सहजीकरण गर्नु भएको थियो ।

तालिम समापन गर्दै संस्थाका अध्यक्ष हिरामाया लामाले सहकारीको नेतृत्व मजबूत बनाउन योग्यता तथा उपयुक्तता परीक्षण अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सिकेका कुराहरू व्यवहारमा लागू गर्न आग्रह गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक कमला लामाले गर्नुभएको थियो।
 
लोकप्रिय
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

५ दिन अगाडि

सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध
सुनसरी स्थित संञ्चित नारी विकास साकोस स्क्यान कार्यक्रममा आबद्ध

५ दिन अगाडि

नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध
नशिक साकोस स्क्यान कार्यक्रममा आबद्ध

५ दिन अगाडि

पाठकबाट थप