उत्कृष्ट सदस्य सेवाको लागि स्मार्ट व्यवहार तालिम धुलिखेलमा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उत्कृष्ट सदस्य सेवाको लागि स्मार्ट व्यवहार तालिम धुलिखेलमा सम्पन्न 

धुलिखेल । नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा उत्कृष्ट सदस्य सेवाको लागि स्मार्ट व्यवहार तालिम कार्तिक २८ गते सम्पन्न भएको छ । 

संघमा सम्पूर्ण कार्यालयमा कार्यरत ३१ जना सहायक स्तरका कर्मचारीहरूको सहभागितामा दुई दिवशीय तालिम सम्पन्न भएको हो । 

संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले संघले कर्मचारीहरूको क्षमता विकासमा पर्याप्त अवसर उपलव्ध गराउदै आएको र कर्मचारीहरूको व्यावसायिकता, पारदर्शीता तथा सेवा गुणस्तरमा सुधार गर्दै कार्यशैली र पद्धतीमा उत्कृष्टता ल्याउन यस तालिमले महत्वपूर्ण भूमीका निर्वाह गर्ने कुरामा विश्वास व्यक्त गर्नुभयो । यसका लागि कर्मचारीहरूमा दक्षता, सकारात्मक व्यवहार, समयपालना र इमान्दारीता अत्यावश्यक रहेको बताउनुभयो । नेफ्स्कूनका सदस्य सेवा कार्यालय र सेवा केन्द्रहरूले जसरी प्राथमिक स्वास्थ्य केन्द्र नजिकको आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने केन्द्र हो त्यसरी नै सदस्य सेवा कार्यालय र सेवा केन्द्र सदस्य संस्थाको समस्या समाधान र सेवा प्रवाहमा पहिलो भरोसाको केन्द्र बन्नुपर्ने कुरामा जोड दिँदै कर्मचारीहरूलाई उच्च आत्मविश्वार स्वः उत्प्रेरित भएर काम गर्नको लागि निर्देशन दिनुभएको थियो  ।

कार्यक्रममा जालिनोट पहिचान, हस्ताक्षर प्रमाणीकरण र कागजात परिक्षण सम्वन्धमा राष्ट्रिय विधी विज्ञान प्रयोगशालाका वरिष्ट फरेन्सीक बैज्ञानीक अधिकृत एवम् फरेन्सीक विशेषज्ञ श्री मुकुल प्रधानले सहजीकरण गर्नुभएको थियो भने सकारात्मकता निर्माण र खुसी प्रवद्र्धन सम्बन्धी विषयमा पद्म प्रसाद घिमिरेले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेफ्स्कूनको आगामी कार्यदिशा र त्यसमा कर्मचारीहरूको भूमीकामा स्पष्टता आवश्यक रहेको र यसले नै समग्र संघको सफलता निर्धारण गर्ने कुरामा जोड दिदै कर्मचारीहरूमा सदस्यहरूसँग मित्रतापूर्ण व्यवहार, सेवा प्रवाहमा दक्षता, नीति नियमको परिपालना, प्रविधिको प्रभावकारी प्रयोग र सम्पर्क, व्यवहार र सहकार्य अपरिहार्य रहेको बताउनुभएको थियो । 

सञ्चालक सदस्य एवम् शिक्षा उपसमिति सदस्य नवराज अर्यालले कर्मचारीहरू नेफ्स्कूनको वास्तविक प्रतिविम्व भएको र कर्मचारीहरूको आचरण र व्यवहारमा नै संघको छवि तयार हुने भएकोले जिम्मेवार रहदै सदस्य केन्द्रीत सेवामा दृढताका साथ लाग्न निर्देशन दिनुभयो र तालिमले कर्मचारीहरूमा नयाँ सीप, प्रविधि र व्यावसायिक कौशल हासिल गर्न अवसर तथा सिकेको कुरालाई व्यवहारमा उतार्न नसके चुनौती बन्न सक्ने भएकोले कार्यशैलीमा लागु गरेर संस्थागत सुधारमा जोड दिनुभयो साथै संघलाई सहकार्य, समन्वय र सकारात्म उर्जाका साथ कामबाट संघ अझ बढी सुदृढ हुने कुरामा उहाँको विश्वास रहेको बताउनुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप