चुरेसंरक्षण महिला सहकारीमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चुरेसंरक्षण महिला सहकारीमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

कैलाली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ। सोही कार्यक्रम अन्तर्गत लम्कीचुहा–०१, कैलालीस्थित चुरेसंरक्षण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा कात्तिक ३० गते स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रबिण अधिकारीले साकोसमा गरेको निरीक्षणमा संस्थाको पूँजी पर्याप्तता, ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली,MIS अद्यावधिक, सम्पत्ति शुद्धिकरण निवारण नीति (AML/CFT) र भाखा नाघेका ऋण असुलीका विषयहरू मूल्यांकन गरिएको थियो।
सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु र बचतकर्तामा विश्वास अभिवृद्धि गर्नु रहेको नेफ्स्कूनले जनाएको छ। निरीक्षणका क्रममा सहकारीका बचत, ऋण, लेखापरीक्षण, लगानी, सेवा–सुविधा, सदस्य सहभागिता, नेतृत्वको पारदर्शिता तथा निर्णय प्रक्रियाका पक्षहरू समेत समग्र रूपमा मूल्यांकन गरिएको थियो। स्क्यानका सूचकमा आधारित अभ्यासमार्फत सहकारीको अवस्था विश्लेषण गर्दै वित्तीय जोखिम व्यवस्थापन र आन्तरिक सुधारका लागि आवश्यक सुझावहरू प्रदान गरिएको थियो।

साकोसको तर्फबाट अध्यक्ष चन्द्रा देबी महतारा, सचिब राधा बिष्ट (कुँवर), सदस्य देवीसरा रावल,हरिकला देबकोटा, शान्ति कुमारी सिंह, तथा व्यवस्थापन बाट ज्ञानु बुदथापा लगायतको सहभागितामा सुपरिवेक्षण सम्बन्धी सुझाव र टिप्पणीहरू लाई आगामी दिनमा पल्स मापदण्ड अनुसारका सूचकहरूलाई निरन्तरता दिने र सुधारका बुँदाहरूलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरिएको छ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप