चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र चितवन स्थित हाम्रो चित्रबन बचत तथा ऋण सहकारी सस्थां लिमिटेड र सुरक्षित बचत तथा ऋण सहकारी सस्था लिमिटेड बीच नियमीत निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) मा मङ्सिर ०१ गते आबद्ध भएका छन ।
हाम्रो चित्रवन बचत तथा ऋण सहकारी सस्थां लिमिटेड भरतपुर महानगरपालिका ११ चितवनका सचिव नवराज मरहट्टा, प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेल,वरिष्ठ व्यवस्थापक तुलसीराम धिताल र नेफ्स्कून बरिष्ठ सहायक केदारनाथ अधिकारीको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट व्यवसाय अधिकृत यमकला सुवेदी र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष अनिलराज पौडेलकोे हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो ।
सुरक्षित बचत तथा ऋण सहकारी सस्था लिमिटेड कालिका न.पा.६,खालेसिमल,चितवनका उपाध्यक्ष टंक बहादुर थापा, सचिव भीम प्रसाद लामिछाने,प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पाठक र नेफ्स्कूनका बरिष्ठ सहायक केदारनाथ अधिकारीको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट व्यवसाय अधिकृत यमकला सुवेदी र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष लालु प्रसाद दाहालकोे हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो ।
सहकारी ऐन, २०७४ को व्यवस्थामा भएका दफा २५, ९९ र १०३ को कार्यान्वयन, सहकारीका सात सिद्धान्तहरू ,वचत तथा ऋण सहकारीका चार सिद्धान्तहरू , पहिलो र दोस्रो पक्षको विनियमको व्यवस्था ,पहिलो र दोस्रो पक्षका नीति तथा कार्यक्रमहरूको नीतिगत तथा सैद्धान्तिक वातावरणमा वचत तथा ऋण सहकारीहरूको प्रवद्र्धन पहिलो र दोस्रो पक्षको आपसि सहयोग भएकोले विद्यमान जोखिम पहिचान एवम् व्यवस्थापन गरी सहकारी वित्त क्षेत्रमा उपलव्ध भएका नविनतम प्रविधिहरू उपयोग मार्फत निरन्तर प्रबर्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्न सहकारी मर्म वमोजिम स्वनियमनको अभ्यास प्रबर्धनका लागि यो सम्झौता गरी कार्यान्वयन गरिएको हो ।
७ घण्टा अगाडि
२१ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
१२ दिन अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
१५ दिन अगाडि
२ दिन अगाडि
१३ दिन अगाडि
१२ दिन अगाडि