चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र चितवन स्थित समझदारी भोजाड बचत तथा ऋण सहकारी सस्थां लिमिटेड र बछौली नारी चेतना बचत तथा ऋण सहकारी सस्था लिमिटेड दुई साकोस बीच नियमीत निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) मा कार्तिक ३० गते आबद्ध भएका छन ।
समझदारी भोजाड साकोसका व्यवस्थापक अर्जुन लामिछाने र नेफ्स्कून बरिष्ठ सहायक केदारनाथ अधिकारीको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट व्यवसाय अधिकृत यमकला सुवेदी र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष खेमलाल सुवेदीकोे हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो ।
बछौली नारी चेतना साकोसका सचिव शान्ता अधिकारी, नेफ्स्कूनका बरिष्ठ सहायक केदारनाथ अधिकारीको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट व्यवसाय अधिकृत यमकला सुवेदी र दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष भागिरथी कुमारी घिमिरेकोे हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो ।
सहकारी ऐन, २०७४ को व्यवस्थामा भएका दफा २५, ९९ र १०३ को कार्यान्वयन, सहकारीका सात सिद्धान्तहरू ,वचत तथा ऋण सहकारीका चार सिद्धान्तहरू , पहिलो र दोस्रो पक्षको विनियमको व्यवस्था ,पहिलो र दोस्रो पक्षका नीति तथा कार्यक्रमहरूको नीतिगत तथा सैद्धान्तिक वातावरणमा वचत तथा ऋण सहकारीहरूको प्रवद्र्धन पहिलो र दोस्रो पक्षको आपसि सहयोग भएकोले विद्यमान जोखिम पहिचान एवम् व्यवस्थापन गरी सहकारी वित्त क्षेत्रमा उपलव्ध भएका नविनतम प्रविधिहरू उपयोग मार्फत निरन्तर प्रबर्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्न सहकारी मर्म वमोजिम स्वनियमनको अभ्यास प्रबर्धनका लागि यो सम्झौता गरी कार्यान्वयन गरिएको हो ।
७ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१३ दिन अगाडि
१३ दिन अगाडि
१३ दिन अगाडि
११ दिन अगाडि
१० दिन अगाडि
७३ दिन अगाडि
६८ दिन अगाडि
४६ दिन अगाडि