बुडोल सामुदायिक साकोसको २६औँ वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बुडोल सामुदायिक साकोसको २६औँ वार्षिक साधारण सभा सम्पन्न

बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को २६औँ वार्षिक साधारण सभाको एकाइ बैठकबाट भएका निर्णयहरुलाई एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभाले पारित गरेसँगै संस्थाको २६औं वार्षिक साधारण सभा मंसिर ८ गते सम्पन्न भएको छ । 

संस्थाले सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ बमोजिम एकै साथ एकै समय तालिकामा साधारण सभाको चारवटा एकाइ बैठकको आयोजना गरी समान कार्यसूचीहरु उपर छलफल गरी मंसिर ६ गते एकाइ बैठकहरु सम्पन्न गरेको थियो । साधारण सभाको एकाई बैठकहरुमा कुल सदस्य संख्याको ५६।२१ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो । साधारण सभाले आर्थिक वर्ष ०८१/०८२ को मूनाफाबाट सदस्यहरुलाई ८ प्रतिशतका दरले लाभांस र संरक्षित पूँजी फिर्ता कोषमार्फत सदस्यहरुले बचतमा गरेको योगदानको लागि २.८ प्रतिशत र ऋणमा गरेको योगदानको लागि २.५ प्रतिशतका दरले अतिरिक्त लाभ वितरण गर्ने निर्णय गरेको छ । साधारण सभाले संस्थाको आफ्नै भवन निर्माण गर्न र सदस्यहरुको शेयर रकम समान रुपमा दश हजार कायम गर्न सञ्चालक समितिलाई जिम्मेवारी दिएको छ ।

सभामा पेश गरिएको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०८१/०८२ मा चार करोड सत्र लाख चौरासी हजार छसय बहत्तर रुपैयाँ चौसठ्ठी पैसा सञ्चालन मूनाफा गरेको छ । सोही अवधिमा संस्थाको कुल सम्पत्ति दुई अर्ब बाह्र करोड सतहत्तर लाख बीस हजार दुईसय पैतीस रुपैयाँ छयासी पैसा, बचत हिसाब एक अर्ब बहत्तर करोड सत्र लाख दश हजार अठार रुपैयाँ पचासी पैसा, शेयर पूँजी सत्र करोड एक्काइस लाख उनान्नब्बे हजार सातसय रुपैयाँ, संस्थागत पूँजी अठार करोड पैतालिस लाख अड्सठ्ठी हजार एकचालीस रुपैयाँ एक्काईस पैसा, लगानीमा रहेको ऋण एक अर्ब चौतिस करोड उनान्पचास लाख बत्तीस हजार एकहत्तर रुपैयाँ चालिस पैसा रहेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप