मकवानपुरमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न, तिनवटा साकोसले गरे स्क्यान सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न, तिनवटा साकोसले गरे स्क्यान सम्झौता

मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा मकवानपुर हेटौंडामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला मंसिर ८ गते सम्पन्न भएको छ । कार्यशालाकै दिन मकवानपुर स्थित तिनवटा साकोसले स्क्यानमा आबद्धता जनाएका हुन । 

संघले यसै आर्थिक वर्ष देखी लागु हुने गरी सञ्चालनमा ल्याएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत रहेर मकवानपुर मा रहेका संस्थाहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो । यसै अनुरुप कार्यक्रममा मकवानपुरका ३५ भन्दा वढि साकोसका सञ्चालक तथा कर्मचारी गरी ६५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरुवातमा नेफ्स्कून मकवानपुर सदस्य सेवा कार्यालय उपसमिति सदस्य आसा कुमारी अधिकारी बाट स्वागत तथा शुभकामना मन्तव्य  राख्दै सहजकर्ता प्रेम वाग्ले लाई मञ्च हस्तान्तरण गर्नु भएको थियो । सहजिकरणको शुरुवातमा बरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले ले नेफ्स्कूनले यसै आर्थिक वर्ष देखी सञ्चालनमा ल्याएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) को बारेमा सहभागिहरुलाई प्रस्ट पार्नुभएको थियो ।

संघमा आवद्ध सदस्य संघ संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखिम स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगत वर्षहरुमा सञ्चालित एक्सेस, प्रोवेसन तथा कर्वस कार्यक्रमहरुको सिकाईका आधारमा थप परिमार्जन सहितको कार्यक्रमको रुपमा यस कार्यक्रमलाई ल्याइएको हो । यस ले संस्थाहरुको नियमित निरीक्षण तथा अनुगमन गरी देखिएको जोखिम व्यवस्थापन गर्न आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने गरी सदस्यहरुको लागत सहभागितामा सञ्चालन हुने गरी यो कार्यक्रमको डिजाइन भएको छ । कार्यक्रममा संघमा आवद्ध सबै सदस्यहरुलाई सहभागि गराउने लक्ष संघको रहेको छ । 

कार्यक्रममा अन्तमा बोल्दै जिल्ला बचत संघका सञ्चालक सर्मिला महतले कार्यक्रम एकदम उपलब्धी मुलक रहेको र यस स्क्यान कार्यक्रम साकोसहरुको सुरक्षा र सवलताको लागि महत्वपुर्ण रहेको कुरा जानकारी दिदै सबै संस्थाहरुलाई अवद्ध हुनको लागि आग्रह गर्नुभएको थियो । साथै सहभागिहरुले पनि कार्यशाला तथा स्क्यान कार्यक्रम प्रभावकारी र महत्वपुर्ण रहेको विचार प्रस्तुत गर्नुभयो । कार्यशालाकै दिन मकवानपुरको थाहा नगरपालिकामा रहेको प्यासेफिक साकोस, इन्द्रसरोवरमा रहेको मितेरी साकोस र सृजना महिला साकोसले स्क्यान कार्यक्रममा सम्झौता समेत गरेका छन ।

विहान ८ बजे देखी बेलुका ५ वजे सम्म सञ्चालन भएको उक्त कार्यक्रमको सहिजकरण संघका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले र अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालय प्रमुख ज्योती  गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन सुरेन्द्र श्रेष्ठ र अमन विडारीले गर्नुभएको थियो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप