बेताली साकोसमा स्क्यान कार्यक्रमको स्थलगत सुपरिवेक्षण सम्पन्नः जोखिम व्यवस्थापन र सुशासनमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बेताली साकोसमा स्क्यान कार्यक्रमको स्थलगत सुपरिवेक्षण सम्पन्नः जोखिम व्यवस्थापन र सुशासनमा जोड

रामेछाप ।  रामेछापको गोकुलगंगा गाउँपालिका ४, बेतालीमा अवस्थित बेताली बचत तथा ऋण सहकारी संस्था लिमिटेड  मा मंसिर ८ गते नियमित निरीक्षण अनुगमन  कार्यक्रमको स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित स्क्यान कार्यक्रममा आबद्ध यस साकोसको समग्र संस्थागत कार्यप्रणाली, सुशासन, वित्तीय व्यवस्थापन र सदस्य सेवाको गुणस्तर मूल्याङ्कन गर्नका लागि  सुपरिवेक्षण गरिएको हो ।

सुपरिवेक्षण र सुधार योजना
स्थलगत सुपरिवेक्षण सम्पन्न भएपश्चात् नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरे ले संस्थाको सञ्चालक समिति र व्यवस्थापन समक्ष सहजीकरण गरी सुपरिवेक्षणका क्रममा प्राप्त सुझावहरु माथि छलफल गर्नुभएको थियो । सोही छलफलबाट संस्थाको सुधार योजना तयार गरी तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता संस्था पक्षबाट व्यक्त भएको छ ।
कार्यक्रम अधिकृतले संस्थाको कार्यालय व्यवस्थापन, कागजातको तयारी, लेखा प्रणालीको पारदर्शिता र ऋण लगानी तथा असुलीको अवस्थाको सूक्ष्म अध्ययन गरेको थियो । साथै, सञ्चालक समिति र कर्मचारीहरूसँग सहकारीको वर्तमान अवस्था र स्क्यान कार्यक्रमले निर्दिष्ट गरेका मापदण्डहरू पालनाको बारेमा विस्तृत अन्तरक्रिया गरिएको थियो । बेताली साकोसका अध्यक्ष श्दिलिप कुमार भण्डारी ले स्थलगत सुपरिवेक्षणले संस्थालाई थप नीति, विधि र प्रविधिमैत्री बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै,  स्क्यान मापदण्डहरू पूर्ण रूपमा पालना गरी आफ्ना सदस्यहरूलाई गुणस्तरीय सेवा दिन प्रतिबद्ध भएको जनाउनुभयो  ।

संस्थाको वर्तमान अवस्था

  • कार्यक्षेत्रः संस्थाको कार्यक्षेत्र गोकुलगंगा गाउँपालिकाका ६ वडा (वडा १ देखि ६ सम्म) रहेको छ ।
  • सदस्य संख्याः हाल यस संस्थामा ३,४४३ जना सदस्यहरू आबद्ध रहेका छन् ।
  • कुल सम्पत्तिः संस्थाको कुल सम्पत्ति २४ करोड लाख रहेको जनाइएको छ ।

स्क्यान कार्यक्रमको महत्त्व
बेताली साकोस २०७० सालदेखि नै नेफ्स्कूनको राष्ट्रिय स्तरको स्तरीकरण कार्यक्रम प्रोवेशन  मा आबद्ध भइ , हाल स्क्यान कार्यक्रम मार्फत स्तरीकरणका लागि प्रयासरत रहेको छ ।
स्क्यान कार्यक्रमले सहकारी संस्थाहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गुणस्तरयुक्त र व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस किसिमको सुपरिवेक्षणले बेताली साकोसलाई वित्तीय सक्षमता, सुशासन र सदस्य सन्तुष्टिको दृष्टिले थप सशक्त बनाउन प्रेरणा प्रदान गर्ने र आगामी दिनमा संस्थाले राष्ट्रिय स्तरको प्रोवेशन  ब्राण्ड प्राप्त गर्नका लागि बाटो खुल्ने देखिन्छ ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२४ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप