सुनसरी । सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लि. मा सम्भाव्य उद्यम/उद्यमी छनौट तथा प्रशिक्षण कार्यक्रम मंसिर १० गते सम्पन्न भएको छ ।
साकोसको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा सञ्चालित गोष्ठीमा ४३ जनाको सहभागिता रहेको थियो । साकोसकी अध्यक्ष मुना प्रसाईं तिमल्सनाको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेफ्स्कूनका अधिकृत रिता सुवेदीले सहजीकरण गर्नुभएको थियो ।
साकोसद्वारा सेयर सदस्यहरुलाई उद्यम सञ्चालनको प्राविधिक विषयमा प्रशिक्षणात्मक कार्यशालाको आयोजना गरिएको थियो । संस्थाले दिएको तालिम निकै उपलव्धीमूलक भएको र उद्यम सञ्चालनमा हौसला मिलेको गोष्ठीमा सहभागी सदस्यहरुले बताएका थिए । तालिममा साकोसका पदाधिकारी र सञ्चालक समितिका सदस्यहरूको समेत सहभागिता रहेको थियो।
८ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१८ दिन अगाडि
१९ दिन अगाडि
३६ दिन अगाडि
२५ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२६ दिन अगाडि
२८ दिन अगाडि
१० दिन अगाडि
४१ दिन अगाडि