सहकारी दर्ता प्रणाली अनिवार्य: राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मंसिर १० गतेदेखि सुरु गर्यो अनलाइन प्रक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी दर्ता प्रणाली अनिवार्य: राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मंसिर १० गतेदेखि सुरु गर्यो अनलाइन प्रक्रिया

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यसहित बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता प्रक्रिया मंसिर १० गतेदेखि सुरु गरेको छ । 

सफ्टवेयर निमार्ण र परिक्षण सम्पन्न भएसँगै प्राधिकरणले एक कार्यक्रमको बीच सफ्टवेयर सार्वजनिक गरी सहकारीहरुलाई अनिवार्य दर्ता र अभिलेखीकरणका लागि सुचना आव्हान गरेको छ । ६० दिन भित्र बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु विद्युत्तीय प्राणालीमा विवरण प्रविष्ट गरिसक्नु पर्ने प्राधिकरणले जनाएको छ । दर्ताको सम्पूर्ण काम अनलाइनबाटै हुने र सम्पूर्ण विबरणहरु पुगेको सहकारीको हकमा ढिलोमा दुई साता भित्र इजाजत पत्र प्राप्त हुने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले सहकारी संस्था दर्ता अभिलेखीकरण र सञ्चालन इजाजतपत्रका लागि दस्तुर समेत तोकेको छ । कुल सम्पत्तिका आधारमा वर्गीकृत संस्थाहरुले बुझाउनुपर्ने दस्तुर गत आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण अनुसार कुल सम्पत्ति वा कुल पूँजी तथा दायित्वका आधारमाः
१. २ करोडसम्म भएमा रु. १,०००
२. २ करोड भन्दा बढी १० करोडसम्म रु. ३,०००
३. १० करोड भन्दा वढी २५ करोडसम्म रु. ५,०००
४. २५ करोड भन्दा बढी ५० करोडसम्म रु.७,०००
५. ५० करोड भन्दा वढी १ अर्बसम्म रु.१०,०००
६. १ अर्व भन्दा बढी रु. १५,०००
तोकेको दस्तुर प्राधिकरणको बैंक खाता नं मा जम्मा गरिएको भौचर सहित दर्ता अभिलेखिकरणका लागि चाहिने विवरणहरु अनलाइनबाट प्रबिष्ट गरेपछि दर्ता प्रक्रिया पुरा हुने प्राधिकरणले जनाएको छ ।

दर्ता अभिलेखिकरणका लागि चाहिने विवरणहरु 
आधारभूत विवरण
१. सहकारी संस्थाको नाम (नेपाली र अंग्रेजीमा), ठेगाना, सम्पर्क नं., इमेल, कार्य प्रकृति, दर्ता मिति, दर्ता भएको कार्यालय र ठेगाना, कार्यरत कर्मचारी संख्या ।
२.वेबसाइट र सफ्टवेयरको नाम ।
३. शेयर सदस्य संख्या र कूल शेयर रकम ।
४. कार्यान्वयनमा रहेको विनियम, कार्यविधि, नीतिको नाम तथा जारी मिति
५. सञ्चालक समितिको विवरण नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं., व्यक्तिगत प्यान नं., नागरिकता नं. र जारी जिल्ला र राष्ट्रिय परिचयपत्र नं, पदावधि (शुरु मिति र अन्तिम मिति) ।
६. लेखा सुपरिवेक्षण समितिको विवरण (नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं., व्यक्तिगत प्यान नं., नागरिकता नं. र जारी जिल्ला, राष्ट्रिय परिचयपत्र नं., पदावधि शुरु मिति र अन्तिम मिति ।
७. प्रमुख कार्यकारी अधिकृत वा महाप्रबन्धक वा व्यवस्थापक वा प्रबन्धकको विवरण (नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं., व्यक्तिगत प्यान नं., नागरिकता नं. र जारी जिल्ला, राष्ट्रिय परिचयपत्र नं., पदमा कार्यरत अवधि ।
८. सञ्चालनमा रहेका इकाईः सेवा केन्द्रको विवरण (ठेगाना, सम्पर्क नं.)।
९. कार्यक्षेत्र ।
१०. सहकारी संस्थाको दर्ता प्रमाणपत्र र स्थाई लेखा नम्बर प्रमाणपत्र ।
११. अद्यावधिक करचुक्ता प्रमाणपत्र ।
१२. रकमको आधारमा ठूला १०० शेयर सदस्यको विवरण (नाम, ठेगाना र शेयर रकम) ।
१३. रकमको आधारमा ठूला १०० बचतकर्ता सदस्यको विवरण (नाम, ठेगाना र बचत रकम) ।
१४. रकमको आधारमा ठूला १०० ऋणी सदस्यको विवरण (नाम, ठेगाना र ऋण रकम) ।

वित्तीय विवरणः गत दुई आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण
१. शेयर पूँजी ।
२. जगेडा तथा कोषहरु (जगेडा कोष, संरक्षित पूँजी फिर्ता कोप, सहकारी प्रवर्धन कोप अन्य कोष ।
३. कूल जोखिम भारित सम्पत्ति तथा पुँजी कोषको विवरण (प्राथमिक पूँजी कोष र अनुपात र कुल पूँजी           कोष÷अनुपात) ।
४. सहकारी संस्थाले निजी कम्पनी र घर जग्गामा गरेको लगानी ।
५. कुल निक्षेप (साधारण, नियमित र आवधिक) र कूल ऋण प्रवाह (असल, कमसल, शंकास्पद, खराव) तथा कूल ऋण नोक्सानी व्यवस्था (वर्गीकरण अनुसार) ।
६.ऋण पुनर्तालिकीकरण (रकम र संख्या) ।
७. निष्कृय कर्जा रकम र अनुपात ।
८. कूल सम्पत्ति र कूल दायित्व ।
९. कूल संचालन आम्दानी तथा खर्च र अन्य आम्दानी तथा खर्च ।
१०. खुद नाफा नोक्सान ।
११. लेखा परीक्षकको नाम, ठेगाना, सम्पर्क नं., र आइक्यान सदस्यता नं.,।

अन्य विवरण
१. पछिल्लो दुई वर्षको साधारण सभा सम्पन्न भएको मिति, उपस्थिति संख्या र उपस्थिति प्रतिशत ।
२. गत आर्थिक वर्षमा सञ्चालक समितिको बैठक बसेको कूल संख्या ।
३. संघहरुसँगको आवद्धताको विवरण ।
४. विवरण प्रविष्टी गर्नेको नाम, पद, सम्पर्क नं, मिति ।
५. विवरण रुजु गर्नेको नाम, पद, सम्पर्क नं., मिति ।
६. कार्यकारी प्रमुखको स्वघोषणा ।

यो मापदण्ड अनुसार दर्तामा नआउने सहकारीलाई १५ लाख जरिबानादेखि दर्ता खारेजसम्मको कारबाही हुने व्यवस्था गरेको छ । मापदण्डमा जरिबानादेखि संस्थाको दर्ता नै खारेज गर्ने व्यवस्था उल्लेख भएकाले सहकारी ऐन २०७४ अनुसार नियमको पालना नगर्ने संस्थालाई १५ लाख रुपैयाँसम्म आर्थिक जरिबाना तथा खारेज गर्ने सम्मको अधिकार प्राधिकरणले पाएको छ । संघ, प्रदेश र स्थानीय सरकारले समस्याग्रस्त घोषणा गरी कारबाहीको प्रक्रियामा रहेका सहकारी संस्था दर्ता अभिलेखीकरण प्रक्रियामा समावेश हुने छैनन् । 

सञ्चालन इजाजत पत्र प्राप्त नगरी बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई प्रचलित कानुन बमोजिम कारबाही हुने व्यवस्था प्राधिकरणले गरेको छ । सञ्चालन, इजाजत पत्र प्राप्त सहकारी संस्थाले प्रत्येक वर्षको साउन मसान्त भित्र प्राधिकरणले निर्धारण गरेको प्रक्रिया पूरा गरी इजाजत पत्र नवीकरण गर्नु पर्नेछ । प्राधिकरणले सहकारी संस्थाको दर्ता अभिलेखीकरण र इजाजत पत्रसँग सम्बन्धित आवश्यक थप विवरण माग गर्न सक्ने समेत मापदण्डमा उल्लेख गरिएको छ ।

भर्खरै
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

१ दिन अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन

१ दिन अगाडि

सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण
सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण

२ दिन अगाडि

प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण
प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण

२ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान
२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान

३ दिन अगाडि

स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 
स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण
महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण

३ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

५ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

१० दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन
नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

१२ दिन अगाडि

पाठकबाट थप