काभ्रे। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत नवदुर्गा वचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती र आर्थिक बिकास मित्र बचत तथा ऋण सहकारी संस्था लि. पाँचखाल काभ्रेको मंसिर १० र ११ गते भएको स्थलगत सुपरिवेक्षण मंसिर ११ गते सम्पन्न गरेको छ।
नेफ्स्कूनले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ। सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु र बचतकर्तामा विश्वास अभिवृद्धि गर्नु रहेको छ। निरीक्षणमा संस्थाको शेयर, बचत तथा ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली, सूचना प्रविधि, सुरक्षण, कोपोमिस अद्यावधिक, सम्पत्ति शुद्धिकरण निवारण नीति र भाखा नाघेका ऋण असुलीका विषयहरू मूल्यांकन गरिएको थियो।
नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत राजन सुबेदी र अनुगमन सहजकर्ता दिनेश सत्याल तथा दुबै संस्थाको तर्फबाट अध्यक्ष, सञ्चालक, व्यवस्थापक र व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
८ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
१४ दिन अगाडि
१३ दिन अगाडि
११ दिन अगाडि
७४ दिन अगाडि
७४ दिन अगाडि
६९ दिन अगाडि