धादिङ स्थित कलश साकोस र नवलपरासी स्थित कृष्ण गण्डकी साकोसको स्थलगत सुपरिवेक्षण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङ स्थित कलश साकोस र नवलपरासी स्थित कृष्ण गण्डकी साकोसको स्थलगत सुपरिवेक्षण 

काठमाडौं । बौदीकाली गा.पा २, नवलपरासी स्थित कृष्ण गण्डकी साकोस र धादिङ स्थित कलश बचत तथा ऋण सहकारी संस्था लि. मा नेफ्स्कूनद्धारा स्क्यान कार्यक्रम अन्र्तगतको स्थलगत सुपरिवेक्षण मंसिर ११ गते सम्पन्न भएको छ । 

कलश साकोस । धादिङ
कार्यक्रम अधिकृत सन्दिपराज ढकालद्धारा भएको सुपरिवेक्षणमा निर्णय पुस्तिका, बाह्य लेखापरिक्षण प्रतिवेदन, बार्षिक प्रतिवेदन, साधारण सभा, नियामकिय निकायमा विवरण तथा प्रतिवेदन पेश, सदस्य पहिचान, सदस्यको जोखिम बर्गिकरण, गोएएमएल रिपोर्टिङ, कोपोमिसमा विवरण अध्यावधिक, कार्यालय व्यवस्थापन, कोष परिचालन, संस्थागत सुशासन, कर्मचारीको उत्पादकत्व जस्ता विषयहरुमा परिक्षण गरि व्यवस्थापन र अध्यक्ष समक्ष लिखित सुझावसहितको स्थलगत सुपरिवेक्षण प्रतिवेदन पेश गर्नुका साथै संस्थाद्धरा सुझाव कार्यान्वयनको लागि कार्ययोजना पेश गर्ने र शिघ्र सुधारको प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।

कृष्ण गण्डकी साकोस । नवलपरासी 
कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाद्धारा भएको सुपरिवेक्षणमा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभाबकारी रुपमा अघि बढाइएको हो  । संस्थाको स्तरीकरणका लागि  बिभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पति शुद्धिकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुली, पुँजी प्रर्याप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो । स्क्यान कार्यक्रम अन्तर्गत प्रोबेशन कार्यक्रममा आबद्ध रहेको कृष्ण गण्डकी साकोसको समग्र कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम र सञ्चालन तथा सुशासन जोखिममा केन्द्रीत रही संस्थाको जोखिम न्यूनीकरण गर्ने सुझाव पेश गरिएको थियो । सुपरिवेक्षण कार्यमा संस्थाका सञ्चालक समिति, व्यवस्थापक र  व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप