काठमाण्डौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आगामी पौष ३ र ४ गते गर्ने भनिएको‘ साकोस शिखर गोष्ठी–२०८२’ को विस्तृत जानकारी सार्वजनिक गर्न मंशिर १२ गते नेफ्स्कूनको आफ्नै सभाहलमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिबजी सापकोटाले सहकारी क्षेत्रको आर्थिक सबलीकरण, उत्तरदायित्व र संस्थागत सुदृढीकरण, मूल्यांकन तथा जोखिम व्यवस्थापन प्रावधानले सहकारीहरूको पारदर्शिता, जिम्मेवारी र बचतकर्ताहरुको बचत सुरक्षालाई नयाँ दिशा निर्देशन दिएको परिप्रेक्ष्यमा, नेपालमा साकोस अभियानलाई दिगो र नियमन–अनुकूल बनाउनका लागि गोष्ठीले महत्वपूर्ण भुमिका खेल्ने कुरा बताउनु भएको थियो ।
नेफ्स्कूनका संचालक लक्ष्मी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुबाट उठेका सवालहरुको जवाफ नेफ्स्कूनका कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले दिनु भएको थियो । आर्थिक पत्रकारहरु नेफ्स्कूनका कर्मचारी र संचालकहरुको उपस्थिती रहेको कार्यक्रमको संचालन नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश तिमलसिनाले गर्नु भएको थियो ।
२० घण्टा अगाडि
२१ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
२० घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
१४ दिन अगाडि