मोरगं । मोरगंको लेटागंमा अवस्थित मोरगं बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा मंसिर १३ गते नियमित निरीक्षण अनुगमन कार्यक्रमको स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनद्धारा सञ्चालित स्क्यान कार्यक्रममा आबद्ध यस साकोसको समग्र संस्थागत कार्यप्रणाली, सुशासन, वित्तीय व्यवस्थापन र सदस्य सेवाको गुणस्तर मूल्याङ्कन गर्नका लागि सुपरिवेक्षण गरिएको हो । सहजीकरण गरी सुपरिवेक्षणका क्रममा प्राप्त सुझावहरु माथि छलफल भएको थियो । सोही छलफलबाट संस्थाको सुधार योजना तयार गरी तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता संस्था पक्षबाट व्यक्त भएको छ । स्थलगत सुपरिवेक्षणमा नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहाल र सहजकर्ता डिल्लि राम तिम्सिनाको उपस्थिति रहेको थियो । संस्थाको अध्यक्ष डम्बर बहादुर राई, सचिब सुबन कुमार याखा र संचालक समितिका अन्य सदस्यहरुका साथै व्यवस्थापक निरज शाक्यको उपस्थिति रहेको थियो ।
कार्यक्रम अधिकृतले संस्थाको कार्यालय व्यवस्थापन, कागजातको तयारी, लेखा प्रणालीको पारदर्शिता र ऋण लगानी तथा असुलीको अवस्थाको सूक्ष्म अध्ययन गरेको थियो । साथै, सञ्चालक समिति र कर्मचारीहरूसँग सहकारीको वर्तमान अवस्था र स्क्यान कार्यक्रमले निर्दिष्ट गरेका मापदण्डहरू पालनाको बारेमा विस्तृत अन्तरक्रिया गरिएको थियो । संस्थाका लेखा संयोजकले स्थलगत सुपरिवेक्षणले संस्थालाई थप नीति, विधि र प्रविधिमैत्री बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै संघले अगाडि सारेको स्क्यान कार्यक्रमका मापदण्डहरू पूर्ण रूपमा पालना गरी आफ्ना सदस्यहरूलाई गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको जनाउनुभयो ।
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
१० दिन अगाडि
२६ दिन अगाडि
२४ दिन अगाडि
३४ दिन अगाडि
३४ दिन अगाडि
२७ दिन अगाडि