पाल्पा । हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा संस्थाको चार बर्षिय रणनीतिक ब्यवसायिक योजना निमार्ण कार्यशाला मंसिर १४ गते सम्पन्न भएको छ ।
संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चार वर्षे योजनामा चार वर्ष भित्रमा कागजातमा मात्र सिमित नभै कार्यान्यन गर्नु पर्ने र संस्था बलियो बनाउन सबैको साथ सहयोगको जरुरत हुनुपर्ने, संघले गर्ने साथ सहयोग सदा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष बिष्णु प्रसाद बराल को संयोजकत्वमा मंसिर १२ देखी १४ गतेसम्म संस्थाको सञ्चालक समिती,लेखा सुपरिबेक्षण समिती, सल्लाहकार, विभिन्न उपसमिती तथा उच्च ब्यवस्थापनका कर्मचारीहरुको उपस्थितीमा पाल्पा स्थित अन्नपूर्ण गार्डेन होटलमा कार्यशाला सञ्चालन भएको थियो । कार्यशालाको सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नु भएको थियो ।
कार्यक्रममा मुख्य चार वटा क्षेत्रहरु बित्तिय क्षेत्र, गुणस्तरिय बस्तु तथा सदस्य सन्तुष्टी, कुशल तथा स्तरिय सञ्चालन रणनीती क्षेत्र तथा नविन अभ्यास र सिकाईको विषयमा छलफल गरिएको थियो । अबको ४ बर्षमा संस्थाले आफ्नो संस्थाको vision,mission र values तय गरी त्यसै अनुरुप कार्य सम्पादन गदै जाने बारेमा छलफल गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।
१३ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
१३ घण्टा अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
१२ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि
१५ दिन अगाडि
१ दिन अगाडि