ज्योति मिर्मिरे सामुहिक साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ज्योति मिर्मिरे सामुहिक साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 

बनेपा । ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ६, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को स्क्यान कार्यक्रममा मंसिर १७ गते आबद्धता जनाएको छ । 

सस्थाको मुख्य कार्यालयमा आयोजित सम्झौता कार्यक्रममा सस्थाका अध्यक्ष उद्धव सापकोटा, उपाध्यक्ष कान्छि मैँया कार्की, सचिव बुद्ध सिह थापा, कोषाध्यक्ष पूर्णराम तुलाधर र प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालको उपस्थिति  रहेको थियो भने नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले सम्झौता गर्नु भएको उत्त कार्यक्रममा नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत राजन सुबेदी बनेपा सदस्य सेवा कार्यालयका प्रमुख उमेश कोईराला तथा अनुगमन सहजकर्ता दिनेश सत्यालको समेत उपस्थिति थियो 

२८ जना सदस्यबाट वि.स. २०५६ साल असार २७ गते २८ हजार रुपैँया बाट स्थापना भएको संस्थाको हाल १ अर्व ४५ करोड कुल पूँजी रहेको छ । २३ हजार सदस्यहरु आबद्ध रहेका छन भने ८ वटा सेवाकेन्द्र र एक प्रधान कार्यालय सहित यस संस्थामा  ४२ जना कर्मचारी कार्यरत छन् । 

नेफ्स्कूनले आफ्ना सदस्य संघ संस्थाहरुको गुणस्तर मापन गर्ने उद्धेश्यले स्क्यान कार्यक्रमको सुरुवात गरेको हो । स्क्यान कार्यक्रममा संस्थाको वित्तीय विवरण,शुसासनको अवस्था,कानूनी परिपालना र जोखीम को स्तर मापन गरी स्क्यान मार्फत सुपरिवेक्षण गरिरहेको छ ।  

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको छ । बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विष्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षणको उद्देश्य रहेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप