मोरगं । लेटागं बचत तथा ऋण सहकारी संस्था लिमिटेड,लेटागं ४ ,मोरगं ले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कून को स्क्यान कार्यक्रममा मंसिर १८ गते आबद्धता जनाएको छ ।
संस्थाको मुख्य कार्यालयमा आयोजित सम्झौता कार्यक्रममा संस्थाका तर्फबाट साकोसका अध्यक्ष कृष्ण प्रसाद निरौला, कोषाध्यक्ष तुलसीराम खनाल र ब्यवस्थापक सिताराम न्यौपानेका साथै ब्यवस्थापनका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको बिषयमा छलफल गरि संघका तर्फबाट कार्यक्रम अधिकृत मुकेश दाहालले सम्झौता गर्नु भएको थियो ।
नेफ्स्कूनले आफ्ना सदस्य संघ संस्थाहरुको गुणस्तर मापन गर्ने उद्धेश्यले स्क्यान कार्यक्रमको सुरुवात गरेको हो । स्क्यान कार्यक्रममा संस्थाको वित्तीय विवरण,शुसासनको अवस्था,कानूनी परिपालना र जोखीम को स्तर मापन गरी स्क्यान मार्फत सुपरिवेक्षण गरिरहेको छ ।
सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको छ । बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विष्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षणको मुख्य उद्देश्य रहेको छ । साकोसका अध्यक्षले यस कार्यक्रमले साकोसको बिकासमा टेवा पुग्ने बिश्वास लिएको बताउनुभयो ।
८ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
१४ दिन अगाडि
१३ दिन अगाडि
११ दिन अगाडि
७५ दिन अगाडि
७४ दिन अगाडि
६९ दिन अगाडि