मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी सघं लि. (नेफ्स्कून) ले सहकारीहरुको लागि ल्याएको नियमित निरिक्षण अनुगमन (स्क्यान) कार्यक्रम मकवानपुरको साईराम साकोस र महिला कल्याण साकोस स्क्यान कार्यक्रममा मंसिर २३ गते आबद्ध भएका छन् ।
साईराम साकोसका अध्यक्ष राजेन्द्र प्रसाद पौडेल, कोषाध्यक्ष सिताराम तिमल्सिना ब्यवस्थापक राजकुमार तिमल्सिना नेफ्स्कूनका मकवानपुर सदस्य सेवा कार्यालय ईन्चार्ज ज्योति महत, चितवन सदस्य सेवा कार्यालय अनुगमन सहजकर्ता सुरेन्द्र श्रेष्ठको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना र दोस्रो पक्ष बाट अध्यक्ष राजेन्द्र प्रसाद पौडेलको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो ।
महिला कल्याण साकोसको अध्यक्ष पार्वती फुंयाल, ब्यवस्थापक मेनुका कुमारी न्यौपाने, त्यसै गरी नेफ्स्कूनको तर्फबाट मकवानपुर सदस्य सेवा कार्यालय ईन्चार्ज ज्योति महत, चितवन सदस्य सेवा कार्यालय अनुगमन सहजकर्ता सुरेन्द्र श्रेष्ठ रोहबरमा प्रथम पक्ष संघको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना र दोस्रो पक्ष बाट अध्यक्ष पार्वती फुंयालको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो ।
सहकारी ऐन २०७४ को दफा ९९ मा व्यवस्था भए बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको हो । यस कार्यक्रमले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।
१० घण्टा अगाडि
२४ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
१२ दिन अगाडि
८ दिन अगाडि
७ दिन अगाडि
१५ दिन अगाडि
१३ दिन अगाडि
१२ दिन अगाडि
२ दिन अगाडि