साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला कास्कीमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला कास्कीमा सम्पन्न

कास्की । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. ( नेफ्स्कून) को आयोजनामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला मंसिर २४ गते सम्पन्न भएको छ । 

कार्यक्रममा स्क्यानमा आबद्ध कास्की,स्याङजा, गोरखा ,लमजुङ, तँनहु, बागलुङ्ग, बेनी जिल्लाका गरि ३४ वटा संस्थाहरुबाट ७० भन्दा बढीको सहभागीता रहेको थियो । 

कार्यक्रमको अध्यक्षता संघका  अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नु भएको थियो । उक्क्त कार्यक्रमा संघका अध्यक्षले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संघ संस्थाको लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको दर्ता तथा अभिलेखीकरण सम्बन्धी कार्यविधिमा सबै सहकारीले अनिवार्य दर्ता हुनै पर्ने र त्यसको लागि नेफ्स्कूनले आवश्यक सहजीकरण गर्ने कुरा र स्क्यान कार्यक्रममा आबद्ध भएर सबैले आ आफ्नो ठाउँबाट संस्थालाई आबद्ध गराई स्क्यान गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । साथै नेफ्स्कुनका सञ्चालन कमला देवी गिरीले कार्यक्रमको शुभकामना मन्तव्य राख्नुभएको थियो । 

साकोस जोखिम व्यवस्थापन ३६० कार्यशालाको सहजिकरण नेफ्स्कूनका बरिष्ठ सहायक पे्रमनाथ वाग्लेले गर्नुका साथै पहिलो सत्रमा पूँजी पर्याप्ता गणना गर्ने बिधिको अभ्यास गराउनुभएको थियो भने दोस्रो सत्रमा सफ्टवेयरमा हुन सक्ने जोखिमलाई न्युनिकरण गर्नलाई राख्नुपर्ने बिषयहरुको बारेमा साथै नियामकिय अनुकुलको योजना संचालक तथा ब्यबस्थापनले बनाई कार्य गर्नुपर्ने बिषयहरु समेटेर दुई भागमा बिषयहरुलाई स्पष्टका साथ प्रस्तुत गर्नुभएको थियो , भने कार्यक्रम सञ्चालन संघका कार्यक्रम अधिकृत मनोज खड्काले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख व्यक्तित्वहरु बागलुङ जिल्ला बचत संघका अध्यक्ष चण्डी प्रसाद पौडेल शर्मा,नेफ्स्कूनका पूर्व संचालक समिति सदस्य भिम गुरुङ, जिल्ला सहकारी संघ लि। तनहँुका अध्यक्ष प्रदिप अधिकारी, बचत तथा ऋण सहकारी संघ स्याङजाका उपाध्यक्ष नारायण सिं थापा , कास्की जिल्ला सहकारी संघ लि।का लेखा सुपरिवेक्षण समिति संयोजक रुद्रनाथ पौडेल र कास्की जिल्ला बचत संघ लि।का लेखा सुपरिवेक्षण समिति सदस्य केशब ढकाल  उपस्थिति रहेको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप