साकोस जोखिम व्यवस्थापन ३६० कार्याशाला धुम्बाराही, काठमाडौमा सम्पन्न  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस जोखिम व्यवस्थापन ३६० कार्याशाला धुम्बाराही, काठमाडौमा सम्पन्न  

काठमाडौं । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्धारा आयोजित १ दिवशिय साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला मंसिर २४ गते धुम्बाराही, काठमाडौंमा सम्पन्न भएको छ । 

औपचारिक कार्यक्रमको  अध्यक्षता नेफ्स्कून वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा अतिथिको रुपमा संघका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र नेफ्स्कून कानुनी सल्लाहाकार शिव अधिकारी रहनु भएको थियो भने कार्यक्रम सहजिकरण का लागि नेफ्स्कून सदस्य सेवा विभागका विभागिय प्रमुख दुर्गा प्रसाद ढकाल, कानुनी सल्लाहकार शिव अधिकारी तथा कार्यक्रम अधिकृत सन्दिपराज ढकाल  रहनु भएको थियो । 

नेफ्स्कून, वचत तथा ऋण सहकारी संस्थाहरुको अगुवाई गर्ने, नितिगत वहस पैरवी गर्ने र नियामकिय मापदण्डको परिपालना गर्ने गराउने एक मात्र केन्द्रिय संघ हो । हालको परिवेशमा साकोस अभियानको कयौं जटिलताहरु छन् ति जटिलता समाधानका लागि बनेको संसोधित कानुन र बनेको संयन्त्र र  मार्गदर्शनको पालना अहिलेको विकल्प नरहेको परिवेशमा  नेफ्स्कूनले सञ्चालनमा ल्याएको विगतको स्तरिकरण कार्यक्रम ACCESS, PROBATION, CURBS  लगाएतका स्तरिकरण कार्यक्रमको परिमार्जित नमुना कार्यक्रम नै SCAN  कार्यक्रम हो जसलाई यस आ.व. देखि सुरुवात गरिएको छ  संघको नियमित अनुगमन निरिक्षणको कार्यक्रम स्क्यान अब सबै साकोस हरुमा अनिवार्य गर्नको लागि संघको सञ्चालक बाट निति तथा कार्यक्रम र कार्यविधी निर्माण गरि सुरुवात गरिएको छ । 

राज्यको नियामकिय निकायबाट वित्तिय सहकारीलाई कानुन सम्मत ढंगबाट सुशासन पारदर्शि र मर्यादित बनाउनको लागि कानून बनाई मापदण्ड बनाई कार्यान्वयनमा ल्याएको परिवेशमा क्षमता पुगेका साकोसले वित्तिय परिक्षण गराउन सक्ने गरि यो कार्यक्रम ल्याएको छ । ६० भन्दा बढीको सहभागीता रहेको कार्यक्रमको सहजीकरण सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो भने संचालन नेफ्स्कून कार्यक्रम अधिकृत सन्दिपराज ढकालले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप