मोरगंका दुई साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरगंका दुई साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध 

मोरगं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) संग मोरगं जिल्लाबाट स्क्यान कार्यक्रममा मंसिर २४ गते दुई  साकोस आबद्ध भएका छन् । 

मोरगं स्थित संसेवन बचत तथा ऋण सहकारी संस्था लिमिटेड,लेटागं र मोरगं बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लेटागं संघको नियमित निरिक्षण अनुगमन कार्यक्रम स्क्यानमा मंशिर २४ गते आबद्धता जनाएका हुन् । 

मोरगं स्थित संसेवन बचत तथा ऋण सहकारी संस्था लिमिटेड,लेटागंका अध्यक्ष सौराज राई, उपाध्यक्ष ढाकमसरी राई, क्रमशः संचालक सदस्य जुना राई, मात्रिका मगर र व्यवस्थापक जर्मन कुमारी राई का साथै नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत मुकेश दाहाल र अनुगमन सहायक डिल्लिराम तिम्सिनाको रोहबरमा दुई पक्ष बीच स्क्यान कार्यक्रमको सम्झौता सम्पन्न भएको छ ।यस कार्यक्रमले बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विष्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षणको मुख्य उद्देश्य रहेको छ । साकोसका अध्यक्षले यस कार्यक्रमले सदस्य र साकोसको बिकासमा टेवा पुग्ने बिश्वास लिएको बताउनुभयो । 

मोरगं स्थित मोरगं बचत तथा ऋण सहकारी संस्था लिमिटेड,लेटागंका अध्यक्ष डम्बर बहादुर राई, उपाध्यक्ष लक्ष्मी कुमार श्रेष्ठ,सचिव सुवन कुमार थाखा र व्यवस्थापक निरज शाक्य नेफ्स्कून कार्यक्रम अधिकृत मुकेश दाहाल र अनुगमन सहायक डिल्लिराम तिम्सिनाको रोहबरमा दुई पक्ष बीच स्क्यान कार्यक्रमको सम्झौता सम्पन्न भएको छ । 

नेफ्स्कूनले आफ्ना सदस्य संघ संस्थाहरुको गुणस्तर मापन गर्ने उद्धेश्यले स्क्यान कार्यक्रमको सुरुवात गरेको हो । स्क्यान कार्यक्रममा संस्थाको वित्तीय विवरण,शुसासनको अवस्था, कानूनी परिपालना र जोखीम को स्तर मापन गरी स्क्यान मार्फत सुपरिवेक्षण गरिरहेको छ ।सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु र बचतकर्तामा विश्वास अभिवृद्धि गर्नु रहेको छ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप