महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

सुनसरी । सुनसरी स्थित महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ईटहरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नियमित निरिक्षण अनुगमन कार्यक्रम स्क्यानमा मंसिर २५ गते आबद्धता जनाएको छ । 

स्क्यान कार्यक्रमले बचत, ऋण, लेखापरीक्षण तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विष्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षणको मुख्य उद्देश्य रहेको छ । 

सुनसरी स्थित समुदायमा आधारित चार वटा सेवाकेन्द्र र मुख्य कार्यालय ईटहरी आईतबारेमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मुना प्रसाई , कोषाध्यक्ष पुनम थापा मगर, संचालक सदस्य सोभिता पुरी र प्रमुख कार्यकारी अधिकृत जुनुसा पुरी का साथै नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत मुकेश दाहाल र सहजकर्ता बिन्दा भट्राईको रोहबरमा दुई पक्ष बीच स्क्यान कार्यक्रमको सम्झौता सम्पन्न भएको छ ।

नेफ्स्कूनले आफ्ना सदस्य संघ संस्थाहरुको गुणस्तर मापन गर्ने उद्धेश्यले स्क्यान कार्यक्रमको सुरुवात गरेको हो । स्क्यान कार्यक्रममा संस्थाको वित्तीय विवरण,शुसासनको अवस्था, कानूनी परिपालना र जोखीम को स्तर मापन गरी स्क्यान मार्फत सुपरिवेक्षण गरिरहेको छ । सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु र बचतकर्तामा विश्वास अभिवृद्धि गर्नु रहेको छ। साकोसका अध्यक्षले यस कार्यक्रमको आबद्धताले  सदस्य र साकोसको बिकास पथमा अगाडि बढ्ने बिश्वास लिएको बताउनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप