सिद्धार्थ साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धार्थ साकोस स्क्यान कार्यक्रममा आबद्ध

काठमाडौँ । सहकारी क्षेत्रको पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत सुशासनलाई थप मजबुत बनाउने लक्ष्यसहित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भरतपुर–१६, चितवन बीच नियमित निरीक्षण तथा अनुगमन कार्यक्रममा औपचारिक रूपमा मंसिर २५ गते सम्झौता सम्पन्न भएको छ।

सहकारी ऐन, २०७४ ले प्रदान गरेको कानुनी आधारमा सम्पन्न सम्झौतामा दुवै संस्थाले सहकारीको जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, सेवा गुणस्तर अभिवृद्धि र संस्थागत पृष्ठपोषणलाई प्रमुख कार्यक्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सम्झौता पछिको कार्यान्वयन मार्फत सिद्धार्थ साकोसले अब नेफ्स्कूनद्वारा स्वीकृत तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रणाली अन्तर्गत नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन, आन्तरिक नियन्त्रण परीक्षण तथा सेवा प्रवाहका गुणस्तरीय मापदण्डमा निरन्तर अनुगमन प्राप्त गर्नेछ।

यो सम्झौता सहकारी ऐन, २०७४ का दफा २५, ९९ र १०३, सहकारी विभाग,राष्ट्रिय सहकारी प्राधिकरण र नियामक निकायहरूबाट जारी गरिएका निर्देशन, सहकारीका सात सिद्धान्त तथा बचत–ऋण सहकारीका चार आधार सिद्धान्तमा आधारित रही दुवै संस्थाका विनियम एवं नीति–कार्यक्रम अनुसार कार्यान्वयन हुने सहमति गरिएको छ। दुवै पक्षले सहकारी मर्म अनुसार स्वनियमन को संस्कृतिलाई संस्थागत बनाउँदै सुरक्षित, दिगो तथा प्रतिस्पर्धी साकोस निर्माणतर्फ संयुक्त रूपमा अघि बढ्ने उल्लेख गरेका छन्।

सम्झौता हस्ताक्षरसँगै सिद्धार्थ साकोसले आफ्नो संस्थागत क्षमता, सेवा गुणस्तर, जोखिम न्यूनिकरण, पारदर्शिता र उत्तरदायित्वलाई नयाँ स्तरमा उकास्ने अवसर प्राप्त गरेको छ। नेफ्स्कूनले सदस्य संस्थाहरूको वित्तीय सुरक्षण प्रत्याभूति र साकोसहरुको गुणस्तर विकास तर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।

सम्झौता कार्यक्रममा नेफ्स्कूनका  व्यवसाय अधिकृत यमकला सुबेदी र सिद्धार्थ साकोसका व्यवस्थापक पदम प्रसाद पौडेलको रोहवरमा औपचारिक सम्झौता नेफ्स्कूनको तर्फबाट सदस्य सेवा विभागीय प्रमुख दुर्गा प्रसाद ढकाल र साकोसको तर्फबाट अध्यक्ष थानेश्वर घिमिरेको हस्ताक्षरमा सम्झौता कार्यक्रम सम्पन्न भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप