सिन्धुलीको जनजागरण महिला साकोसमा नेफ्स्कूनको स्क्यान कार्यक्रम सम्बन्धी अभिमुखीकरण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीको जनजागरण महिला साकोसमा नेफ्स्कूनको स्क्यान कार्यक्रम सम्बन्धी अभिमुखीकरण सम्पन्न

खुर्कोट, सिन्धुली । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–७, खुर्कोट स्थित जनजागरण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम स्क्यान को अभिमुखीकरण कार्यक्रम मंसिर २७ गते सम्पन्न भएको छ ।

सदस्य सुरक्षा र व्यावसायिकतामा जोड कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति तथा व्यवस्थापन टिमलाई स्क्यान कार्यक्रमको महत्वबारे प्रष्ट पार्नुभयो । यस कार्यक्रममा आबद्ध हुँदा संस्थाको व्यावसायिकता, सदस्य सुरक्षा र सुशासनमा पर्ने सकारात्मक प्रभावका विषयमा विस्तृत अभिमुखीकरण प्रदान गर्नुभएको थियो ।

विगतको अनुभव र आगामी योजना कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्रकला देवकोटाले अभिमुखीकरणका लागि नेफ्स्कूनलाई धन्यवाद ज्ञापन गर्दै विगतमा नेफ्स्कूनको जोखिममा आधारित साकोस सुपरिवेक्षणु कार्यक्रममा आबद्ध हुँदा संस्थाले हासिल गरेका उपलब्धिहरू र संस्थागत विकासमा पुगेको योगदानको स्मरण गर्नुभयो ।

अध्यक्ष देवकोटाले कार्यक्रमबाट केही समय अलग रहँदा संस्थागत विकासमा केही कमी महसुस भएको थियो । नेफ्स्कूनको उपस्थितिले हामीलाई पुनः उत्साहित बनाएको छ । स्क्यान कार्यक्रमले संस्थालाई थप व्यवस्थित र जिम्मेवार बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै, आगामी सञ्चालक समितिको बैठकमा छलफल गरी यस कार्यक्रममा आबद्ध हुने विषयमा निर्णय गरिने जानकारी दिनुभयो ।

स्क्यान नेफ्स्कूनद्वारा सञ्चालित एक नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम हो । यो कार्यक्रम बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय सुशासन, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितता कायम गरी सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको हो । नेफ्स्कूनका पूर्ववर्ती स्तरीकरण कार्यक्रमहरू (जस्तैः एक्सेस, प्रोवेसन) को परिमार्जित र एकीकृत स्वरूप हो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप