धान्याञ्चल साकोसको १६औँ वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धान्याञ्चल साकोसको १६औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । धान्याञ्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १६औँ वार्षिक साधारणसभा मङ्सिर २० गते शनिबार सम्पन्न भएको छ।

साधारणसभाको उद्घाटन संस्थाका सल्लाहकार तथा १६ नं. वडाका पूर्व अध्यक्ष स्वर्गीय मुकुन्द रिजाल र विश्व सहकारी अभियन्ताहरूको तस्बिरमा माल्यार्पण गरी गरिएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष भविश्वर घिमिरेको अध्यक्षतामा तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा साकोसका संस्थापक सल्लाहकार एवं महिला नेतृ पुष्पा भुसाल, राष्ट्रिय सहकारी महासंघका पूर्व नायब महाप्रबन्धक तथा सहकारी विज्ञ बाबुल खनाल, नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरे, काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष खेम तिवारी, तारकेश्वर नगरपालिका–५ का वडाध्यक्ष शम्भुप्रसाद फुँयाललगायत विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी संस्थाका सल्लाहकारहरू प्रा.डा. मोहन पन्थी, कविता रिजाल, प्रा.डा. बलराम अर्याल, सूर्यप्रसाद अधिकारी, लेखनाथ पोखरेल, यादवप्रसाद घिमिरे, शिवलाल बेल्बासे, हरिसिंह केसी, डा. रामशरण थपलिया, गणेश चौधरीलगायतको पनि सहभागिता रहेको थियो। करिब ३५० जना सेयरधनीहरूको सहभागितामा सम्पन्न साधारणसभामा वक्ताहरूले धान्याञ्चल साकोसले आफूलाई एक सक्षम, अनुशासित र विश्वासिलो सहकारी संस्थाका रूपमा स्थापित गर्न सफल भएको उल्लेख गरे। उनीहरूले नेपालको सहकारी अभियानमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ सचेतता, पारदर्शिता र सावधानीका साथ अघि बढ्न शुभकामना व्यक्त गर्नभएको थियो।

कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय सहकारी महासंघका नायब महाप्रबन्धक एवम् सहकारी विज्ञ बाबुल खनालले सेयर धनीहरूमा बचत गर्ने संस्कार विकास गर्नु सहकारीको प्रमुख दायित्व भएको उल्लेख गरे। उनले सहकारी संस्थाहरू नाफामुखीभन्दा सेवामुखी भएर सञ्चालन हुनुपर्नेमा जोड दिँदै सुशासन, सदस्यकेन्द्रित सेवा र दीगो व्यवस्थापनमार्फत मात्र सहकारीप्रति जनविश्वास बलियो बन्ने बताउनु भयो। साधारणसभाले संस्थाको प्रगति, वित्तीय अवस्था र भावी कार्यदिशाबारे समेत छलफल गर्दै सफलतापूर्वक समापन भएको संस्थाले जनाएको छ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप