काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले स्क्यान कार्यक्रम अन्तर्गत सहकारी संस्थाहरूको नियमित सुपरिवेक्षण तथा अनुगमन कार्यलाई निरन्तरता दिँदै आएको छ। यसैक्रममा मंसिर २८ गते देशका विभिन्न स्थानका पाँचवटा सहकारी संस्था स्क्यान कार्यक्रममा आबद्ध भएका छन्।
स्क्यान कार्यक्रममा आबद्ध हुने सहकारी संस्थाहरूमा काठमाडौंबाट गैरीगाउँ महिला बचत तथा ऋण सहकारी संस्था, चितवनबाट गणेस्थान बचत तथा ऋण सहकारी संस्था, झापाबाट सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था तथा पोखराबाट शिवालय बचत तथा ऋण सहकारी संस्था र सृजना महिला बचत तथा ऋण सहकारी संस्था रहेका छन्।
काठमाडौं महानगरपालिका–३२ स्थित गैरीगाउँ महिला साकोसको सम्झौता कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम सहजकर्ता विनोद न्यौपाने तथा साकोसकी व्यवस्थापक मीना उप्रेतीको रोहवरमा अध्यक्ष उर्मिला पराजुली र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत सोविता मैनालीको हस्ताक्षरमा सम्झौता कार्यक्रम सम्पन्न भएको थियो।
चितवनको भरतपुर महानगरपालिका–११ स्थित गणेस्थान साकोसका अध्यक्ष राजन कुमार श्रेष्ठ र नेफ्स्कूनका सदस्य सेवा विभागीय प्रमुख दुर्गा प्रसाद ढकालको हस्ताक्षर रहेको थियो भने साकोसका सचिव मनिता सापकोटा, कोषाध्यक्ष रामकृष्ण धमेल, सञ्चालक सदस्य कुलचन्द्र बास्तोला, व्यवस्थापक विष्णु प्रसाद कँडेल तथा नेफ्स्कूनका व्यवसाय अधिकृत यमकला सुवेदीको उपस्थिति रहेको थियो।
झापाको दमकस्थित सूर्यदर्शन साकोसका अध्यक्ष टिकाराज सापकोटा र नेफ्स्कूनका तर्फबाट वरिष्ठ अनुगमन सहजकर्ता सोमनाथ दाहालबीच स्क्यान कार्यक्रमको सम्झौता सम्पन्न भएको थियो। कार्यक्रममा विभागीय प्रमुख होम प्रसाद श्रेष्ठ, निमित्त व्यवस्थापक राजकुमार खड्का तथा वरिष्ठ सहायक गणेश भण्डारीको सहभागिता थियो।
त्यस्तै, पोखरामा शिवालय साकोस र सृजना महिला साकोससँग सम्झौता सम्पन्न भएको छ। नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालय प्रमुख सुरज चालिसेको रोहवरमा नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्का, शिवालय साकोसका व्यवस्थापक दिपेन्द्र ढुङ्गाना तथा सृजना महिला साकोसका अध्यक्ष शारदा गिरीद्धारा सम्झौतामा हस्ताक्षर भएको थियो। कार्यक्रममा जनसेवा साकोस पोखराका व्यवस्थापक प्रेमसागर अधिकारीको पनि उपस्थिति रहेको थियो।
सहकारी ऐन, २०७४ द्वारा प्रदान गरिएको कानुनी आधारमा सम्पन्न सम्झौताअनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, सेवा गुणस्तर अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। स्क्यान कार्यक्रमअन्तर्गत अब ती सहकारीहरूले नेफ्स्कूनद्वारा स्वीकृत तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रणालीमार्फत नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन, आन्तरिक नियन्त्रण परीक्षण तथा सेवा प्रवाहका गुणस्तरीय मापदण्डमा आधारित निरन्तर अनुगमन प्राप्त गर्नेछन्।
सम्झौता सहकारी ऐन, २०७४ का दफा २५, ९९ र १०३, सहकारी विभाग तथा राष्ट्रिय सहकारी प्राधिकरणका निर्देशन, सहकारीका सात सिद्धान्त तथा बचत–ऋण सहकारीका चार आधार सिद्धान्तअनुसार कार्यान्वयन हुने सहमति गरिएको छ । दुवै पक्षले सहकारी मर्मअनुसार स्वनियमनको संस्कृतिलाई संस्थागत गर्दै सुरक्षित, दिगो र प्रतिस्पर्धी साकोस निर्माणतर्फ संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
१३ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
१२ दिन अगाडि